१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

कोरोना बढेपछि वीरगन्जमा अनिश्चितकालीन निषेधाज्ञा

कोरोना संक्रमितको संख्या वीरगन्जमा बढ्दै गएपछि अनिश्चितकालका लागि यहाँ निषेधाज्ञा जारी गरिएको छ । शनिवार विहान ५ बजेदेखि अर्को आदेश नभएसम्म वीरगन्ज महानगरपालिका क्षेत्रभरी लागू हुने गरी जिल्ला प्रशासन कार्यालय, पर्साले निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिहरु घरबाहिर ननिस्कन आदेश जारी गरिएको छ ।  

लक्षणसहितको कोरोना संक्रमितहरु पछिल्लो समयमा यहाँ बढेका छन् ।  

संक्रमणमा परेकाहरुको संख्या बढ्दै गएपछि निषेधाज्ञा लगाएर द्रुत रुपमा पिसिआर जाँचको दायरा बढाउन माग यहाँ चौतर्फी रुपमा उठेको थियो । स्थानीय प्रशासनले शुक्रबार राजनीतिक दलसँग परामर्षपछि निषेधाज्ञा लगाउने निर्णयमा गरेको हो । यसअघि बिहीबार साँझ जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुसंग जिल्ला प्रशासन कार्यालयले छलफल गरेर शुक्रबार दलहरुको आकास्मिक बैठक बोलाएको थियो ।

वीरगन्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचार बाहेक अन्य काममा सर्वसाधरणलाई घर बाहिर निस्कन प्रतिवबन्ध लगाउने गरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको पर्सा सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

प्रकाशित: ९ श्रावण २०७७ ११:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App