५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोले दुईवटा कन्टेनर पूर्ण क्षति

रसुवाको टिमुरेस्थित नेपाली सेनाको ब्यारेक नजिकै मंगलबार बिहान आएको पहिरोले दुईवटा कन्टेनर पूर्ण क्षति भएको छ । ओखर लोड गरेर राखिएको एउटा र खाली एउटा गरी दुईवटा कन्टेनर पूर्ण रूपमा क्षति भएको हो । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर २१, राजस्व भन्सार गस्ती सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाका अनुसार ना ६ ख ४५०८ र ना २ ख ४६९८ नम्बरको कन्टेनर क्षति भएको हो । त्यस क्षेत्रमा रहेका अन्य कन्टेनर सुरक्षित स्थानमा सारिएको उनको भनाइ छ ।

सोमबार दिउँसोदेखि भोटेकोशी खोलामा पानीको बहाव बढेपछि भन्सार जाँचपासका लागि निर्माणाधिन सुख्खा बन्दरगाह क्षेत्रमा रोकेर राखिएका ११ वटा मालबाहक कन्टेनरलाई सुरक्षित स्थानमा सारिएको थियो । यसअघि पनि त्यस क्षेत्रमा सवारी साधन बगाउनुको साथै कामदार बस्ने घरमा समेत क्षति पुर्‍याएको थियो । टिमुरे बजारदेखि रसुवागढीसम्म हरेक वर्ष जाने पहिरोले जनधनको क्षति पुर्‍याउँदै आएको छ ।

प्रकाशित: ६ श्रावण २०७७ ०७:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App