१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

विपदमा स्थानीय तहलाई गैरसरकारी संस्थाको साथ

लकडाउनले समस्यामा परेकालाई राहत वितरण गरिँदै । तस्विरः गणेश/नागरिक

कोभिड–१९ अर्थात कोरोना भाइरसको त्राससँगै पञ्चपुरी गाउँपालिकामा संक्रमण बढ्दै थियो । स्थानीय तहको मात्र साधनस्रोतले कोरोना प्रतिकार्यमा चुनौती थियो । तर केही सामाजिक उत्तरदायित्व बोकेका संस्थाको सहायोगमा पञ्चपुरीलाई कोरोना भाइरस न्यूनीकरणका लागि जुध्न सहज भयो ।

गैरसरकारी संस्था पञ्चपुरीसँगै सुर्खेतका अन्य स्थानीय तहमा आर्थिक, स्वास्थ्य सामग्री र खाद्यान्न सहयोग गरेका छन् । जसले स्थानीय तहलाई कोरोना प्रतिकार्यमा सहयोग पुगेको छ । सुर्खेतस्थित स्थानीय तहमा गैरसरकारी संस्था सुन्दर नेपालले पनि खाद्यान्न, आर्थिक र स्वास्थ्य सामग्री सहयोग गरेका छ । गुर्भाकोट नगरपालिकामा एक लाख ७४ हजार आठ सय, चौकुने गाउँपालिकामा चार लाख ४४ हजार नौ सय, पञ्चपुरी नगरपालिकामा दुई लाख ४१ हजार एक सय र सिम्ता गाउँपालिकामा एक लाख ४५ हजार नौ सय रूपैयाँ बराबरको कोरोना प्रतिकार्यका लागि स्वास्थ्य सामग्री सहयोग गरेको सुन्दर नेपालका कार्यकारी निर्देशक खिम रेग्मीले जानकारी दिए । उनका अनुसार युनिसेफ, फ्युजन र छायाँ नेपालको आर्थिक सहयोगमा सुर्खेतका चारवटा स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।

सेनिटाइजर, हात धुने ड्रमलगायतअन्य स्वास्थ्य सामग्री सहयोग गरिएको सुन्दर नेपालका प्रोग्राम म्यानेजर ओमप्रकाश थापाले जानकारी दिए । गाउँपालिकाको माग र आवश्यकताका आधारमा स्वास्थ्य सामग्री सहयोग गरिएको उनको भनाइ छ ।  

त्यस्तै, सुन्दर नेपालले आफ्नो छुट्टै विपद व्यवस्थापन कोषबाट प्रदेश सरकार र सुर्खेतका नौवटा स्थानीय तहमा चार लाख ४४ हजार रूपैयाँ खर्च गरेको छ । प्रदेश सरकारको विपद व्यवस्थापन कोषमा एक लाख ५१ हजार र जिल्लाका नौवटा स्थानीय तहमा ३५/३५ हजार रूपैयाँ जम्मा गरिएको सुन्दर नेपालका कार्यकारी निर्देशक रेग्मीले जानकारी दिए । साथै बराहताल गाउँपालिकाका ८० र पञ्चपुरीका ७२ घर परिवारलाई प्रति घर ३० केजी चामल, नुन, दाल एक/एक केजी, एक पोका तेल र एक वटा साबुन सहयोग गरिएको छ । यस्तो विपदमा स्थानीय तहलाई सघाउनु गैरसरकारी संस्थाको दायित्व भएको कार्यकारी निर्देशक रेग्मीले बताए ।

गैरसरकारी संस्थाको सहयोग कोरोनासँग लड्न सहज भएको स्थानीय तहले बताएका छन् । विपदमा स्थानीय तहलाई गैरसरकारी संस्था दिएको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीले जनाए ।

प्रकाशित: २ श्रावण २०७७ ०७:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App