१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

संकटमा बिरामीका भरोसा

जुम्ला गुठिचौर–२ का रतनसिंह बोहोरालाई हेर्दा अपरिपक्क जस्तो लाग्छ। उमेरले २६ बर्ष पुगेका रतनसिंह अहिले गाउँकै भरोसा बनेका छन्। लकडाउनको समयमा ग्रामिण क्षेत्रमा यातायात ठप्प छन्। कच्ची सडकले सहजै रुपमा गाउँमा सवारी जान सकिने अवस्था छैन्। गाउँका बिरामी अस्पताल सम्म लैजान डोको र काठको स्टेचरको प्रयोग गर्नु पर्ने बाध्यता कायमै छ। व्यवस्था बदलिएपनि दुर्गम क्षेत्रको स्वास्थ्य अवस्था बदलिन सकेको छैन्।

तर रतनसिंहले आफ्नो मोटरसाईकल संकटका समयमा एम्बुलेन्सको रुपमा प्रयोग गरेका छन्। गाउँका बिरामी अस्पताल पुर्याउने र अस्पतालका निको भएका बिरामी गाउँमा लैजाने यो बेला उनको मुख्य काम नै हो। बिरामी ओहोरदोहोर गरिरहँदा अधिकांसले त मोटरसाईकलमा ‘एच’ लेख्न दवाब दिइरहेका छन्। गाउँमा स्थानीय सरकार छ, तर एम्बुलेन्स छैन्। गाउँ सम्म पुग्ने सडक छ तर सडकमा गुड्ने सवारी छैन्। यो अवस्थामा यहाँका अधिकांश बिरामी गाउँमै अकालमा मृत्यु पर्खेर बसिरहेका हुन्छन्। रतनसिंह भन्छन्, ‘बिरामीको सेवा गर्नु मेरो धर्म हो। मोटरसाईकलबाट भएपनि गाउँका बिरामी ओहोरदोहोर गरिरहँदा गर्वले छाति फुल्छ।  बिरामीको सेवा गर्न पाउँदा अहोभाग्य ठान्छु। ’

मोटरसाईकलबाट बिरामी अस्पताल सम्म ल्याउन तीन घण्टा लाग्छ। अतिअशक्त बिरामी भएको खण्डमा मोटरसाईकलमा तीन जना बोक्छु। सहज खाले बिरामी भएमा एक जना मात्र, उनले थपे,‘कतिपय बिरामी ढाडमा बाँधेर पनि ओहोरदोहोर गरिरहेको छु। कच्ची सडकमा खाल्डाखुल्डी धेरै छन्। तर एक दम विस्तारै बिरामीलाई कुनै प्रकारको समस्य नहुने गरि ओसारीरहेको छु।’

उनी बिरामी सार्दाको शुल्क लिदैनन्। निःशुल्क रुपमा बिरामी बोकीरहेका छन्। केहीले पेट्रोल हाल्दिन्छन्।केहीले कुनै वास्ता गर्दैनन्।  तर उनी दुःख मन गर्दैनन्। उनी पेशाले जडिबुटी ब्यापारी हुन्। जडिबुटी ब्यापारबाट संकलित रकमले तेलको जोहो गर्छु, उनले भने, ‘बिरामी ओर्साछु। अस्पताल पुर्याएको विरामी निको भएर घर जाँदा निकै खुशी हुन्छु। एक नागरिक भएको अनुभुति गर्छु।’

रतनसिंह १२ बर्षको उमेर हुदाँ उनकी आमा वितिन्। घरको आर्थिक अवस्था निकै कमजोर थियो। अस्पताल सम्म पुर्याउन सकिएन्। न गाउँ सम्म सडक पुगेको थियो। नत गाउँमा प्रभावकारी स्वास्थ्य सेवा। उनले निराश हुदैँ भने,‘भौगोलिक विकट्ताले अस्पताल ल्याउन नसक्दा आमा गुमाउनुको पिडाले अहिले बिरामीको सेवा गर्न सकिरहेको छु।’ आमा वितेको २१ दिनमा भाइपनि गुमाउन पुगे।

आमाको सपना पुरा गर्न उनले एक बर्ष देखि निन्तर बिरामी बोकीरहेका छन्। बिरामीको प्रकृति अनुसार गाउँका स्वास्थ्य संस्थामा उपचार गराउने की अस्पताल पुर्याउने उनी आफैमा टुंगो लगाउँछन्। मोटरसाईकलमा पुर्याउछन्। गाउँबाट झण्डै डेढ घण्टा स्टेचरमा बिरामी बोकेर ल्याइसकेपछि सडक भेटिन्छ। सडकमा पुगिसकेपछि उनी मोटरसाईकलको प्रयोग गरेर बिरामी अस्पताल ल्याउँछन्।कतिपय सुत्केरी ल्याउँदा ल्याउदै बाटोमै सुत्केरी हुने गरेको अनुभव उनी सुनाउँछन्। एक बर्षमा धेरै बिरामीको उद्धार गरिसकेका रतनसिंह भन्छन्,‘बिरामी बोक्न पाएकोमा औधि खुसि छु। बिरामी भन्ने वित्तिकै गाउँमा पुगेर ल्याइहाल्छु। ’ उनलाई गाउँको एम्बुलेन्स भन्छन्।  

उनको काममा बुबा र कान्छि आमाको राम्रो साथ छ। श्रीमति भने रात दिन बिरामी बोक्न ठिक्क हुदा निराश देखिन्छन्। उनी घरमा समय नदिएको भन्दा पनि जोखिम मोलेर काम गरेकोमा चिन्तित देखिन्छन्। २०६८ सालमा एसएलसी दिएका रतनसिंह २०६९ देखि निरन्तर जडिबुटी व्यवसायमा संलग्न छन्। पहिलो बर्ष यार्सा लुटिदा निकै घाटा बेहोरा उनले पछिल्लो समया ब्यापारबाटै क्रृण तिरेर समाजसेवा गर्ने रकम कमाइसकेका छन्।

बिरामीको बोक्दा आफैलाइ पनि चोट लाग्छ। बाटोमा खाल्डाखुल्डीले शरीर दुख्छ। चुनाव अघि एम्बुलेन्स किनेर स्वास्थ्य सेवा दिने स्थानीय सरकारले अहिले सम्म एम्बुलेन्स खरिद गर्न सकेको छैन्।  म कुनै पार्टीमा आवद्ध छैन् । राजनीतिका लागि पनि बिरामीको सेवा गरेको छैन्।उनले भने,‘म जब सम्म बाँचिरहन्छु। बिरामी बोकिरहन्छु। ’

खलंगा बालमन्दिर नजिकैको अन्नी घरका प्रोपराइटर गोविन्द सुनार रतनसिंहको बिरामी प्रतिको माया देखेर छक्क भएको बताउँछन्। उनले भने,‘अघिपछि त त्यो मोटरसाईकलले बिरामी बोक्थ्यो नै, त्यो भन्दा बढि लकडाउनको समयमा बढि बिरामी बोकीरह्यो। ’ पछिल्लो समयमा रतनसिंहको मोटरसाईकल आउने वित्तिकै लकडाउन कडा गर्न बसेका प्रहरीले समेत सहजै रुपमा छोड्दिन्थे।  अहिले गाउँमा बिरामी हुदाँ रतनसिंहको मोबाईलमा फोन आँउछ। उनी राति भएपनि बिरामी बोक्न तयार हुन्छन्। बिरामी भनेपछि घरपरिवार समेत बिर्षन्छन्।  

प्रकाशित: १४ असार २०७७ १२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App