१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

देशभर फैलियो मनसुन, काठमाडौंसहित ४० भन्दा बढी जिल्लामा बाढीको जोखिम

गोदावरी खोलाको बाढी #टीकाथली। तस्बिरः सामाजिक सञ्जाल

जुन १२ मा प्रवेश गरेको मनसुन अहिले देशभर सक्रिय भएकाले मौसमी गतिविधि बढ्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन सुझाव दिएको छ ।  

महाशाखाले आइतबार साँझ जारी गरेको विशेष बुलेटिनमा भनिएको छ– सामान्यतया मनसुन जुन १० मा नेपालको पूर्वी भू–भागमा प्रवेश गर्छ । यस वर्ष मनसुन जुन १२ मा नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको थियो। आज (आइतबार) जुन २१ देखि देशैभर मनसुनको प्रभाव परेको छ। यससँगै मौसमी गतिविधि बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन साथै मनसुनलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीमा लाग्न सम्बन्धित निकायलाई अनुरोध छ।

महाशाखाका अनुसार अहिले देशभरजसो हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । साथै केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।  

यसैबीच बाढी पूर्वानुमान महाशाखाले आज धेरै जिल्लामा बाढीको जोखिम देखिएको जनाएको छ । आज देशका ४० भन्दा धेरै जिल्लाका नदी/खोलामा बाढीको खतरा बढिरहेको महाशाखाले सूचना जारी गरेको छ ।  

महाशाखाका अनुसार काठमाडौं उपत्यका भई बहने बागमती र यसका सबै सहायक नदीमा बहाव बढ्दो छ। मोहरा नदी बालकुमारीमा जलसतह २ मिटरभन्दा धेरै बढेको छ।  

केही बेरअघि सूचना जारी गर्दै महाशाखाले भनेको छः मनोहरा, हनुमन्तेलगायत केही ससाना नदीको पानी नदी किनारका सडक र बस्तीमा जान सक्ने उच्च सम्भावना, तटिय क्षेत्रमा उच्च सतर्कता अपनऔं।

प्रकाशित: ८ असार २०७७ ०९:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App