१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

खारेज कार्यालयको नयाँ भवन ६ महिनायता प्रयोगविहीन

नयाँ बनेको भवन । तस्बिर : नागरिक

गोरखा नगरपालिका वडा नम्बर ९ टक्सारमा छ महिनाअघि निर्माण भएको सरकारी भवन प्रयोगविहीन छ । तीन करोड ६६ लाख लागतमा जिल्ला आयोजना कार्यन्वयन इकाई भवनले जिल्लाबाट खारेज भएको भू–संरक्षण कार्यालयको नाममा निर्माण गरेको हो ।  

भवन रेखदेख गर्ने कोही नहुँदा पातपतिङ्गरको थुप्रो लाग्ने, वर्षातको पानीको निकास थुनिँदा कोठाभित्र ताल पर्ने गरेको छ । ‘भूसंरक्षण कार्यालयका लागि बनाएका थियौँ, भवन निर्माण पुरा नहुँदै उक्त कार्यालय खारेज भएपछि कुन कार्यालयलाई भवन हस्तान्तरण गर्ने भन्ने अन्यौल भयो’ जिल्ला आयोजना कार्यान्वयन इकाई भवनकी प्रमुख सुनिता श्रेष्ठले भनिन् । निर्माण पुरा भएको छ महिना बितिसक्दा भवन हस्तान्तरण समेत भएको छैन ।  

भू–संरक्षण कार्यालयको नाममा रहेको १० रोपनी जग्गामा तीन तले सुविधा सम्पन्न भूकम्प प्रतिरोधी भवन रबिना÷डाँफे÷ड्रयागन जेभीले निर्माण गरेको हो । उक्त भवन एउटा कार्यालयलाई पूर्ण सेवा प्रवाह गर्न मिल्ने खालको छ । क्वारेन्टिनमा बस्नुपर्ने प्रहरीलाई त्यहाँ राख्ने भनिएपनि जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी बासुदेव खतिवडाले अहिले सम्म त्यहाँ प्रहरी नबसेको बताए ।  

भवन कार्यालयकी प्रमुख श्रेष्ठले उक्त भवन भू तथा जलाधार ब्यवस्थापन कार्यालयलाई हस्तान्तरण गर्ने योजना रहेको बताईन् । ‘जग्गाको पुर्जा र भवन पनि सोही कार्यालयको नाममा बनेको हो, भबन बिभागबाट कुनै जानकारी आएको छैन, केही दिनभित्र आउने कुरा छ, त्यसपछि हामी पुर्जा भएको कार्यालयलाई हस्तान्तरण गर्छौँ ।’  

तनहुँस्थित जलाधार ब्यवस्थापन कार्यालयले उक्त भवन सम्पर्क कार्यालयको रुपमा आफैँले प्रयोग गर्ने बताएपनि अन्यौलका बीच कार्यालय सुरु भने भएको छैन । कार्यालय प्रमुख बरिष्ठ जलाधार ब्यवस्थापन अधिकृत दिबाकर पौडेलले भने ‘भूकम्पमा जमिन छियाछियाँ भएको जिल्ला भएकाले यहाँ ‘साईड अफिस’ संचालन गर्ने योजनामा छौँ ।’ अहिले उक्त कार्यालयले तनहुँबाट गोरखासहित नवलपुर, मनाङ, कास्की, लमजुङमा सेवा दिँदै आएको छ ।  

मूख्यमन्त्री कार्यालयले पनि जलाधार ब्यवस्थापन कार्यालयलाई उक्त भबन प्रयोग गर्न दिनु भन्ने परिपत्र गरिसकेको उनले बताए । ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाईले अनुमति दिन बाँकी छ’ कार्यालय प्रमुख पौडेलले भने ‘लमजुङ र गोरखा हेर्ने गरी त्यहाँ कार्यालय रहन्छ ।

प्रकाशित: ५ असार २०७७ १३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App