६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

भीडभाड हुने रौतहटका सरकारी कार्यालय बन्द

सेवाग्राहीको धेरै भीडभाड हुने जिल्लाका केही कार्यालयलाई जिल्ला प्रशासन कार्यालय रौतहटले बन्द गराएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले एक सूचना जारी गरेर जिल्लाका विभिन्न सरकारी कार्यालय बन्द रहने जनाएका छन् ।  

जिल्ला प्रशासन कार्यालय, सबै इलाका प्रशासन कार्यालय, सबै नापी शाखा तथा सबै मालपोत कार्यालयहरु बन्द रहने प्रजिअ घिमिरेले जनाएका छन् ।  जिल्लाको मौलापुर, गरुडा तथा चन्द्रपुरमा इलाका प्रशासन कार्यालय तथा मालपोत र नापी कार्यालयका शाखाहरु रहेका छन् ।

रौतहटमा कोरोना संक्रमण अत्यधिक बढेसँगै सेवाग्राहीको अत्यधिक भीड हुने सरकारी कार्यालयलाई बन्द जिल्ला प्रशासन कार्यालयले बन्द गराए पनि हाटबजार तथा बैंक र वित्तीय संस्थाहरुमा अत्यधिक भीड देखिने गरेको छ ।  

सोमवारदेखि केही कार्यालयहरु दुई सिफ्टमा संचालन हुन थालेपछि भीडभाड केही कम हुने अपेक्षा गरिएको छ । तर पनि हाट बजारमा सर्वसाधारणको अत्यधिक भीडभाड हुने गरेकोले नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको सामाजिक अभियन्ताहरु बताउँछन् ।  

लकडाउन केही खुकुलो हुनासाथ एउटा मोटरसाइकलमा तीन जनासम्म बसेर यात्रा गर्न थालेका छन् । टेम्पोमा छ जना सम्म यात्रा गरिरहेको पाइएको छ । भीडघाडमा सर्वसाधारणले मास्कको प्रयोग गरेका छैनन् । सम्बन्धित निकायले समयमा ध्यान नदिए जिल्लामा सामाजिक स्तरमा पनि कोरोनाले महामारीको रुप लिने सम्भावना रहेको भन्दै स्थानीय बुद्धिजीवीहरुले दुःखेसो पोखेका छन् ।

नागरिक समाजका विजयकिशोर झाले सतर्कतासँगै सावधानी अपनाउनु पर्नेमा कुनै पनि पक्ष गम्भीर नदेखिएको आरोप लगाएका छन् । 

प्रकाशित: १ असार २०७७ १३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App