१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

लकडाउनबीच किसानलाई रोपाईको चटारो

मनसुन सक्रिय हुन थालेसँंगै भक्तपुरका किसानलाई रोपाईको चटारोले छोएको छ । लकडाउनकाबीच पनि उनीहरु लगातार हप्तादिन अगाडिदेखि नै रोपाईमा व्यस्त हुन थालेका छन् । दैनिक पानी पर्न थालेसँंगै किसानलाई धान रोप्ने काममा भ्याईनभ्याई हुन थालेको हो । रोपाईका लागि उनीहरु एकाबिहानैदेखि रातिसम्म व्यस्त हुन थालेका छन् ।  

एकजना किसान हरिवहादुर श्रेष्ठले यो पटक जेठदेखि नै सक्रिय बर्षा भएकाले किसान खुसी भएको सुनाए । असार नआउँंदै सवैको रोपाई सकिने अवस्था आएकाले किसान गदगद भएको उनको बुझाई छ । विउ सानो भए पनि किसानहरु एक हप्ता अगाडिबाट नै धान रोपाईमा व्यस्त हुन थालेको उनले जानकारी गराए ।  

अघिल्ला वर्षहरुमा जस्तो पानी नपार्ला र रोपाई गर्न नपाउँंला भन्ने चिन्ता यो वर्ष कसैमा नदेखिएको छैन । उनीहरु सवैजना सपरिवार, छरछिमेक, नातागोता आफन्त मिलेर खुसीयालीका साथ धान रोप्नमा व्यस्त देखिएका छन् । नसोचेझै असार नआउँंदै धान रोप्न पाएकोमा उनीहरु मख्ख छन् । यही कारण लकडाउनबाट दिक्दार उनीहरु फ्रेस पनि भएका छन् ।  

सिँचाइको सुबिधा नहुँदा यहाँंका किसानहरु आकाशे पानीमै भर पर्न बाध्य छन् । भएका राजकुलोहरु पनि आवश्यक मर्मत सुधारको अभाबमा सराख भएका छन् । भएका कुलोहरु पनि मासिन थालेपछि किसानहरु आकाशे पानीमा भर पर्न बाध्य भएका हुन्् । त्यही कारण पानी नपर्दा किसानले पम्प मेशिनबाट पानी तानेर रोपाई गर्ने गरेका छन् ।  

तथ्यांक अनुसार भक्तपुरको कुल उत्पादनयोग्य जमिनमध्ये चार हजार ६ सय ४८ हेक्टरमा धान रोपाँई हुने गरेको छ । भक्तपुरमा प्रति हेक्टर ६ दशमलब २ टन धान उत्पादन हुने गरेको तथ्यांक छ । समयमै पानी पर्ने हो र मौसमले साथ दिएकाले यपो वर्ष भक्तपुरमा धान उत्पादनमा बृद्धि हुने अनुमान छ ।

भक्तपुरका चार वटामध्ये पुराना भक्तपुर र मध्यपुर थिमि नगरपालिका मानव वस्तीले भरिएकाले त्यहाँं खेतीयोग्य जमिन खासै छैन । तर नयाँं नगरपालिकाको रुपमा रहेको सूर्यविनायक र चाँंगुनारायण नगरपालिका क्षेत्रमा भने प्रसस्त मात्रामा खेतीयोग्य जमिन छन् र त्यहाँं धान रोपाई हुन्छ ।

 

प्रकाशित: ३१ जेष्ठ २०७७ १५:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App