४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

राहत प्याकेज नल्याए चाबी सरकारलाई हस्तान्तरण गर्ने घोषणा

छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीले विश्वलाई आक्रान्त बनाएको छ। बढ्दो संक्रमणले महामारी नियन्त्रणमा आउने टुंगो अझै देखिदैन ।  

महामारीको संक्रमण मत्थर हुन समय लम्बिएसँगै सवै क्षेत्रमा असर बढ्दो छ । यस्तो विषम परिस्थितीका बेला सरकारले राहत उपलब्ध नगराए सार्वजनिक यातायात केन्द्रीय महासंघ प्रदेश नंं. १ ले साउन १ गतेदेखि प्रदेशभरका साना, ठूलासँगै सवै सार्वजनिक यातायातका सवारी साधनको चाबी प्रदेश सरकारलाई बुझाउने घोषणा गरेको छ।  

बिहीबार इटहरीमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ प्रदेश नं. १ ले सरकारले यातायात मजदूरहरुका लागि आवश्यक राहत प्याकेज ल्याउनुपर्ने नत्र सरकारलाई चाबी बुझाउने घोषणा गरेको हो । सार्वजनिक यातायात महासंघका केन्द्रीय सदस्य दीपेन्द्र घिमिरेले कोरोना भाइरसका कारण बन्द भएकाले मजदुर अति नै  समस्या रहेको बताए ।  

‘अहिलेको अवस्था सरल र सहज छैन,’ उनले भने, ‘असामान्य र असहज परिस्थितीमा सरकारले सकेको सहयोग गर्नुपर्छ ।’ सवै पेशा, रोजगारी, व्यापार र व्यवसाय गर्ने अहिलेसम्मको इतिहासमै आर्थिक संकट बेहोरेले गर्दा सरकारले यस्तो परिस्थिती विचार गरेर सहयोग गर्नुपर्ने बताए ।  

‘बैँकले फोन गरेर किस्ता तिर्नका लागि दबाब दिईरहेको छ, हामी मरौँ कि बाँचौ बैँकलाई मतलब छैन,’ उनले भने ।  

सार्वजनिक यातायात केन्द्रीय महासंघ प्रदेश नं। १ का महासचिव रमेश खत्रीले अहिले यातायात व्यवसायीको अवस्था धरासयी बनेकाले सरकारले आवश्यक प्याकेज र पुर्नउत्थान गर्नका लागि कार्यक्रम ल्याउनुपर्ने बताए ।  

नेपाल यातायात स्वतन्त्र मजदूर संघठन प्रदेश नं. १ का महासचिव राजेन्द्र ढुंगेलले मजदुरहरुको लागि सरकारले आवश्यक प्याकेज नल्याएकाले मजदुरहरु समस्यामा रहेको बताए ।  

सार्वजनिक यातायात महासंघले बुधबार प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलाई मागपत्र हस्तान्तण समेत गरेको छ। प्रदेश नं. १ मा मात्रै २० हजार बढी सार्वजनिक यातायात रहेको र एक लाख बढी मानिसहरुले रोजगारी पाईरहेको जानकारी दिइयो ।

प्रकाशित: २९ जेष्ठ २०७७ १२:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App