१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनले भन्योः अमेरिका गैर जिम्मेवार र दोहोरो चरित्र भएको मुलुक

चीनले अमेरिकालाई दोहोरो चरित्र र गैर जिम्मेवार मुलुकको आरोप लगाएको छ। रूसी राष्ट्रपति भ्लादिमीर पुटिन चीन भ्रमणमा रहेको बेला चीनले यस्तो आरोप लगाएको हो।

बीबीसीका अनुसार चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेनबिनले अमेरिकाले समस्या समाधान गर्नुको साटो झ्न भड्काउने काम गरिरहेको बताएका छन्।

उनले भने, ‘जे हुँदैछ त्यो आगो भड्काउने प्रयास मात्रै हो। यूक्रेन संकटको एकमात्र सभाधान भनेको राजनीतिक समाधान हो। तर, अमेरिकाले आफ्नो दोहोरो चिरत्र देखाएर गैर जिम्मेवारी भूमिका निर्वाह गरिरहेको छ।’

यसअघि अमेरिकाले चीन यूक्रेनविरुद्धको लडाईमा रूसको सहयोग गर्दै आएको आरोप लगाएको थियो।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलले, ‘एकातिर चीनको यूरोपसाग सम्बन्ध छ र अर्कोतर्फ यूरोपको सुरक्षाका लागि जो सबैभन्दा ठूलो खतरा छ उसैको सहयोग गर्दैछ।’

पाँचौ पटक रूसको राष्ट्रपति पदको शपथ लिने तयारीमा रहेको पुटिन २ दिने भ्रमणका लागि चीन पुगेका हुन्। 

प्रकाशित: ४ जेष्ठ २०८१ १३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App