१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

कथा बनेको खराउ (फोटो फिचर)

तस्बिरहरु : दमन/नागरिक

हिन्दु धार्मिकग्रन्थमा खराउको चर्चा गरिएको पाइन्छ । धार्मिकग्रन्थमा वनबास गएका राम फर्कन नमानेपछि भाई भरतले रामको खराउ लिएर घर फर्केको चर्चा छ । पाउपोशकारुपमा प्रयोग गरिएको खराउ मानवले पनि प्रयोग गरे । बाजेपुर्खाको पालासम्म पनि खराउ लगाउने प्रचलन थियो । छाला, कपडा, रबर लगायतको जुत्ताचप्पलको उत्पादन हुन थालेपछि खराउको प्रयोग हुन छाडेको हो । हिजोआज खराउको सन्दर्भ एकादेशको कथा बनिसकेको छ ।  

खराउका बारेमा बाबुबाजे पुस्ता मात्र जानकार छन् । पछिल्लो पुस्ताका लागि खराउ थाहै नभएको चरीको नाम बनिसकेको छ । तर, हिजोआज पनि कतै–कतै खराउको संरक्षण गरेर राखेको भेटिन्छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका ७३ वर्षीय कमलबहादुर राईले अहिले पनि पुर्खाको चिनोकारुपमा खराउ जोगाएर राखिरहेका छन् । राम्रो मूल्या दिएर खराउ किन्न माग्नेलाई समेत नदिइ राखेका छन् । बाजेपुर्खाले काठबाट बनाएर टेकेको इतिहास बोकेकाले खराउ जोगाएर राखेको राई बताउँछन् ।  

कलात्मक तरिकाले बनाइएको खराउको फित्ता भने छैन । खुट्टाको बुढी औंला र माईली औंलाले च्यापेर खराउ अड्याउने फलामकै छाताजस्तो सिन्को राखिएको छ । त्यसलाई सोलमा काँटीले अड्याइएको छ । सोलमा गोमन सर्पको प्रतिक देख्न सकिन्छ । खराउको चिल्ला सतहमा बुट्टा कुँदिएको छ । जुत्ता चप्पल टेक्ने हिजोआजका युवायुवती ऐतिहासिक खराउ देख्दा अचम्म मान्ने गरेका छन् । कतिपय चासोका साथ खराउ हेर्नकै लागि पनि आउने गरेको राईले बताए ।  

प्रकाशित: २५ जेष्ठ २०७७ ०७:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App