उदयपुरमा सोमबार विहान मृत भेटिएकी महिलाको हत्या भएको खुलेको छ । सोमबार विहान रौतामाई गाउँपालिका– ८ झिरुडाँडाकी ४३ वर्षीया नेप्टीमाया भन्ने दिलमाया तामाङ मृत भेटिएकी थिईन् ।
आफ्नै घरमा मृत भेटिएको खवर आएपछि प्रहरी चौकी सुकौरा र इलाका प्रहरी कार्यालय रौतामाईबाट खटेको संयुक्त प्रहरी टोलीले घट्नास्थल पुगेर प्रारम्भिक अनुसन्धान गर्दा धारिलो हतियारको प्रहारबाट मृत्यु भएको खुलेको हो । प्रारम्भिक अनुसन्धान क्रममा दिलमायाको हत्या आरोपमा उनकै श्रीमान ५२ वर्षीय विष्णु तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए ।
उनका अनुसार हत्याको कारण खुलिसकेको छैन । घट्नाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट घट्ना अनुसन्धान टोली गठन गरी घट्नास्थलतर्फ पठाएको छ । प्रहरी टोली घट्नास्थल पुगेर अनुसन्धान कार्य सुरु भईसकेको एसपी मगरले बताएका छन् । मृतकको लास पोष्र्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट ल्याइएको छ ।
प्रकाशित: १२ जेष्ठ २०७७ ०७:३१ सोमबार