१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

भिमादमा सेतीले बगाउँदा महिलाको मृत्यु

दुलेगौँडा(तनहुँ)- तनहुँमा सेती नदीले बगाउँदा एक महिलाको मृत्यु भएको छ। भिमाद नगरपालिका–५ ऋषिङपाटनकी ४४ वर्षिया पञ्चमाया गुरुङ घाँस काट्न जान सेती नदी तर्दै गर्दा बगाएको हो।

प्रहरीले उनलाई उद्धार गरी उपचारका लागि जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ल्याईएकोमा चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए। उनीसंगै घाँस काट्न गएका छिमेकी ५५ वर्षिय खड्कसिंह गुरुङलाई प्रहरीले उद्धार गर्न सफल भएको छ।

उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भईरहेको छ। अवस्था खतरामुक्त रहेको रेग्मीले बताए। सोमबार राती भएको बर्षाले सेतीको वहाब बढेको छ।

 

प्रकाशित: २ वैशाख २०७७ १०:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App