६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

लकडाउनको उल्लंघन गर्नेलाई भाटे कारबाही गरिने

गुल्मी- गुल्मीमा लकडाउनको उल्लंघन गर्ने व्यक्तिहरुलाई भाटे कारबाही गरिने भएको छ। कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै लगडाउनको उल्लंघन गर्दै मानिसहरु अनावश्यक रुपमा  घरबाहिर निस्कने, भेला हुने र हिँडडुल गर्न थालेपछि धुर्कोट गाउँपालिकाले गाउँमा लठ्ठी लिएर गस्ती गर्न सुरु गरेको छ।

धुर्कोट गाउँपालिकाको सर्वपक्षीय वैठकले लगडाउन उल्लंघन गर्नेलाई कारबाही गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ। बैठकले कसैले लकडाउनको उल्लंघन गरेको पाइएमा शरीरमा छाप बस्ने गरि हान्ने अधिकार समेत दिएको धुर्कोट गाउँपालिकाकाका अध्यक्ष भुपाल पोख्रेले बताए।

यसका लागि पालिकाले सिंगो वडालाई २८ टोलमा विभाजन गरि ८१ जना व्यक्तिलाई आ–आफ्नो टोल नियन्त्रण गर्नेगरि जिम्मेवारी दिएको छ। पालिकाले अत्यावश्यक काममा घरबाहिर निस्कनु परेमा नजिकैको वडा कार्यालयमा सम्पर्क गरि अनुमति लिएर मात्र बाहिर निस्कन आग्रह गरेको छ।

प्रकाशित: १८ चैत्र २०७६ ०७:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App