१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नशालु पर्दाथ प्रयोग गरिएको १ सय ३० लिटर घोट्टा नियन्त्रणमा

म्याग्दी- जिल्लाको बेनी नगरपालिका–९, गलेश्वरस्थित मन्दिर तथा आसपासका ठाउँबाट नसालु पदार्थको प्रयोग गरी बनाइएको घोट्टा प्रहरीले बरामद गरेको छ। गलेश्वर मन्दिर आसपासका पसलमा ‘शिवजीको बुटी’ भन्दै बालबालिकादेखि बृद्धबृद्धासम्मले मिनिरल पानीको बोतलमा बिक्री गरिएको घोट्टामा गाँजा, धतुरो र भाङ लगायत लागुपर्दाथको प्रयोग गरिएको प्रहरी नायव उपरिक्षक किरणजंग कुँवरले बताए।

‘घोट्टाको नाममा बिक्री भइरहेको बोतलमा हानिकारक तत्व मिसाइएको थियो, धार्मिक परम्पराको नाममा विकृति नियन्त्रणको प्रयास गरेका छौ’ कुँवरले भने। उनका अनुसार १ सय ३० लिटर घोट्टा बरामद गरी नष्ट गरिएको छ। महाशिवरात्रि पर्वको अवसरमा शुक्रबार गलेश्वर क्षेत्रबाट अवैध रुपमा दुधमा नसालु पदार्थ मिसाएर बनाएको घोट्टा बिक्री वितरण गरेको पाइएपछि बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। नसालु पदार्थ गाँजा, चरेस र भाङ मिसाएर बोतलमा राखी बिक्री वितरण गरिरहेको गोप्य सूचनाको आधारमा घोट्टा बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले मिनरल वाटरको बोतल तथा एउटा ड्रममा राखेको घोट्टा जफत गरेको थियो। उक्त बोतलमा रहेको घोट्टाको रङ गाढा र केही कम रहेको समेत पाइएको प्रहरीले जानकारी दिएको छ। चाँडपर्वको नाममा संस्कृतिभन्दा पनि बिकृति बढ्ने देखिएकाले घोट्टा नियन्त्रणमा लिएर नष्ट गरिएको भन्दै प्रहरीले साधा पोशाकमा समेत परिचालन गरेको थियो।

यसैबीच शिवरात्रीको दिनपछि करिब एकसातासम्म प्रसादको नाममा बिक्री वितरण र प्रयोग हुनसक्ने भन्दै धार्मिकस्थल तथा आसपासका क्षेत्रमा निगरानी बढाएको छ।

 

प्रकाशित: १० फाल्गुन २०७६ ०८:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App