१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चीनबाट 'इन', स्थानीय 'आउट'

क्वारेन्टाइनस्थल बनाइएसँंगै बन्द रहेका एक पसल ।

भक्तपुर- कोरोना भाइरस आक्रान्त चीनमा रहेका नेपालीलाई उद्धार गरी भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा इन गराएसँगै (भित्राएसँंगैं) डरत्रासले आउट (घर छाडेर बाहिरिए) का केही स्थानीय अझै फर्केका छैनन्। क्वारेन्टाइनका लागि नेपाल विद्युत प्राधीकरण खरिपाटी भक्तपुरमा चीनबाट उद्धार गरिएका नेपालीलाई राख्न थालेसँंगै ताल्चा लगाएर हिडेका वरपरका पसलहरु मंगलबार साँंझसम्म पनि खुलेका छ्रैनन्। वरिपरि रहेका एक दर्जन पसलहरुमध्ये अहिले आधाआधी बन्द छन्।

चीनबाट उद्धार गरी फर्काइएका एक सय ७५ नेपालीलाई आइतबारदेखि खरिपाटी क्वारेन्टाइनमा राख्न थालिएको थियो। मानव वस्तीबीचमा रहेको खरिपाटीलाई क्वारेन्टाइन नबनाउन निरन्तर विरोध गर्दै आएका उनीहरु आवश्यक जनचेतनाको अभावमा अहिले पनि डरत्रासमै छन्। यही कारण सधैजसो चहलपहल हुने यो ठाउँं आसपासको यो क्षेत्र मंगलबार साँंझसम्म पनि सुनसान जस्तै छन्। भक्तपुरबाट नगरकोट पुग्ने सडकमा पर्ने यो ठाउँंमा नगरकोटबाट भक्तपुर आउने सवारीसाधनहरु भने बेरोकटोक चलिरहेका छन्।

मंगलबार साँंझसम्म पनि यहाँंका आधा दजर्न पसलहरु ताला लगाएकै अवस्थामा छन्। खुलिराहेको एक पसलका मालिक  कृष्णमाया थापामगर भन्छिन्, ‘हामी त मरे पनि आफ्नै ठाउँमा मर्ने, बाँंचे पनि आफ्नै ठाउँंमा बाँंच्ने भनी यहाँं बसिरहेका छौं। सरेका छैनौं।’ कयौं छिमेकीहरु घर छाडी अन्यत्र सरेको थाहा पाए पनि आफूहरु भने मनमा डर भईभईकन पनि यही बसिरहेको उनले बताइन्।

क्वारेन्टाइन क्षेत्रको कम्पाउण्डबाहिर घासपात गर्दै रहेकी भवानी कार्कीले अरुले माक्स लगाइ हिडे पनि आफूले माक्स नभएकोले खास्तोले मुख छोप्दै काम गरेको देखाइन्। स्थानीय समुदायले आन्दोलनपछि सरोकारवालाहरुले अस्पताल बनाइदिने मौखिक सहमति भएपछि विरोधको आवाज अलिकति कम भएको उनले जनाइन्। आवश्यक जनचेतनाको अभावमा स्थानीय अझै त्रासमा बस्नुपर्ने उनले सुनाइन्।

स्थानीय शकुन्तला श्रेष्ठले आफूले पनि घर छाडेर जान चाहेको तर श्रीमानले नजाने निर्णय गरेपछि यही बसिरहेको बताइन्। विदेशमा रहेका छोराछोरीले पनि जानु पर्दैन भनेपछि अहिले बुढाबुढी घरमै रहेको उनले सुनाइन्। सरोकारवाला वा कोही सरकारी प्रनिनिधिले डराउनु नपर्ने सन्देश आफूहरुलाई प्रत्यक्ष रुपमा दिन सकेको भए डरत्रास कम हुने उनको भनाई थियो। 

क्वारेन्टाइनमा नेपाली विद्यार्थी राख्न थालेसँगै आइतबार बिहानदेखि भने क्वारेन्टानइ प्रवेश गर्ने मुख्य गेटसँगै हेल्प डेक्स राखेर कोराना भाइरसबारे जनचेतना तथा सचेतिकरण गर्ने गरिरहेको छ। स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाईटीलगायतको संयुक्त प्रयासले राखिएको हेल्प डेक्स बिहान १० देखि ५ बजेसम्मको लागि सञ्चालनमा ल्याएको रेडक्रस भक्तपुरका मछिन्द्र थापाले बताए। १४ दिनसम्म यसै गरी रहने उनको भनाई छ।

कोरोना भाइरसबाट सुरक्षित हुन आपनाउनुपर्ने सर्तकताहरुको जानकारीमुलक सन्देशका पर्चा, स्टिकर र माक्सलगायत सामग्रीको बितरणको व्यवस्था यहाँं रहेको छ। बटुवाहरु माक्स माग्न आउने गरेको तर पर्याप्त माक्स नभएकाले वितरण गर्न सकिनरहेको थापाले बताए।

बटुवाहरु पनि क्वारेन्टाइनको अवस्थाबारे बुझ्न चाहन्छन् तर भित्र के भइरहेको छ, हेल्प डेक्समा रहेकाहरुलाई केही जानकारी नभएको उनीहरुको भनाई छ। सर्वसाधारणमा कोरोना भाइरसबारे जानकारी नहुँदा स्थानीय समुदाय आतिएको उनको बुझाई छ।

जसरी प्रभावित क्षेत्रबाट ल्याइएका नेपालीलाई हेरचाह गरेको छ, त्यसरी नै स्थानीयलाई स्वास्थ्य जाँच गरिदिएको भए आफूहरु पनि धुक्क भएर बस्न पाउने उनीहरुको भनाई थियो। नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति मनोज थापाले ठाउँंठाउँमा जनचेतनामूलक कार्यक्रम गरिरहेको जानकारी गराए। विशेष गरे प्रभावित क्षेत्रको वरिपरि जनचेतनाको काम भइरहेका उनी बताउँंछन्।
 

 

प्रकाशित: ६ फाल्गुन २०७६ १२:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App