७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

श्रीमान-श्रीमतीलाई बाँधेर लुटपाट, एउटाको मृत्यु

तस्बिरः वृद्धको हत्या भएको घर।

रोल्पा - रोल्पाको परिवर्तन गाउँपालिका, ६ भनभनेमा रहेको उपराष्ट्रपती नन्दबहादुर पुनको घर भन्दा अलि तल एउटा घरमा दर्दनाक घटना घटेको छ। १६ गते राति १० बजेतिर ६ जना केटा र जना १ केटी उक्त घरमा पुगे। उनिहरुले वृद्धवृद्धा मात्रै रहेको उक्त घरमा गएर दुबै बुढाबुढीको हात खुट्टा बाधेर मुखमा कपडा कोचिदिए। केहि समय भित्र घर पुरै खानतलासी गरेर नगद र सुन लुटेर हिडे।

१६ गते राति १० बजेदेखि हात खुट्टा बाधेर मुखमा कपडा कोचेर पल्टाइएका बृद्धको कतिबेला मृत्यु भयो कसैले थाहा पाएन। १७ गते बेलुका ८ बजेतिर अबेलासम्म घरमा बत्ति नबलेपछि छिमेकी हेर्न जाँदा वृद्धा भने बाधिएको अवस्थामा अचेत भेटिइन्। ७२ वर्षिय बलिराम बुढा बाधिएकै अबस्थामा मृत भेटिए भने उनकी ७० वर्षिया श्रीमती काउली बुढाको स्थानीयले उद्धार गरे।

घरमा कति रकम थियो भन्ने काउलीलाई यकिन जानकारी नभए पनि करिब १ लाख जति नगद र करिब २ तोला सुन लुटिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा ल्याएएको रोल्पा प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङले बताए। उनका अनुसार अपराधमा संलग्नको खोजी भैरहेको छ।

घटना स्थलमा पुगेका स्थानीय नविन रोका मगरका अनुसार घरमा सबै सामान छरपस्ट थियो। उनले भने ‘गाउँघरमा अलि हुने खाने भनेर चिनिएका कारण अपराधिले धेरै समय घरमा नगद वा सुन चाँदी खोजेका हुन सक्छन।’

प्रकाशित: १८ माघ २०७६ १०:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App