१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

चितुवाको आक्रमणबाट २२ महिने बालकको मृत्यु

दुलेगौँडा– तनहुँमा चितुवाको आक्रामणबाट एक बालकको मृत्यु भएको छ। घरकै पिँढीबाट चितुवाले बालकलाई आक्रमण गरेको थियो।

मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–३ रातमाटाका राजु नेपालीको २२ महिने छोरा रविन नेपाली रहेका छन्।

आईतबार साँझ साढे ६ बजेदेखी उनी बेपत्ता भएका थिए। उनकोे शव सोमबार विहान घरभन्दा एक किलोमिटर टाढा ढाङढुङ्गे ठूलोपाखा तीन पोखरी सामुदायिक वनमा भेटिएको थियो।

ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार शव विक्षीप्त अवस्थामा शव फेला परेको थियो। ‘शरिरको करिब ७० प्रतिशत भाग चितुवाले खाएको अवस्थामा बालक फेला पार्यौ’ प्रहरी निरीक्षक रेग्मीले भने।

हाल बालकको शवलाई पोष्टमार्टको लागि जिल्ला अस्पताल दमौली पठाइएको छ।  खाना खादै गर्दा आमा भित्र गएर बाहिर निस्कदा छोरा थिएनन्। घर पछाडी रगत देखिएपछि खोजी गरिएको थियो। 

राहात वितरण

लगतै डिभिजन वन कार्यालय तनहुँले मृतकको परिवारलाई ५० हजार रुपैयाँ राहात प्रदान गरेको छ।  उक्त परवारले थप ९ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने कार्यालयले जनाएको छ।

राहात वितरण गर्न पुगेका डिभिजन वन कार्यालय तनहुँका निमित्त प्रमुख बाबुराम उप्रेतीले चितुवाबाट सजग रहन स्थानीयलाई आग्रह गरे। 

प्रकाशित: १४ पुस २०७६ १२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App