१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

भ्रष्टाचारको अभियोगमा मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिया बढैयाताल गाउँपालिकको भौतिक पूर्वाधार निर्माणमा अनियमितता गरेको आरोपमा चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले आर्थिक वर्ष २०७३/७४ मा जिल्ला समन्वय समितिको कार्यालय बर्दियाबाट प्राप्त भएको बजेट दुरुपयोग गरेको आरोप लगाएको छ। आयोगले गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीयत अधिकृत मणिराज पौडेल र खरिदार प्रदीप चौधरीले भवन निर्माणमा हुँदै नभएको कार्यसमेत भएको भनि एक लाख ८९ हजार सात सय ५२ रुपैयाँ बराबरको अनियमितता गरेको पाइएको छ।

आयोगले जिल्ला प्राविधिक कार्यालय बर्दियाका असिस्टेन्ट सव इन्जिनियर लोकबहादुर शाही र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष अंकार चौधरीविरुद्ध समेत सोही अनुसारको बिगो माग गरी मुद्दा दायर गरिएको प्रवक्ता प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

यस्तै शहरी तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ धनगढीका इन्जिनियर त्रिलोश जोशीविरद्ध समेत विशेष अदालतमा मुद्दा दायर गरेको छ। निर्माण ठेक्का सम्झौताको रनिङ बिल तयार र म्याद थपका लागि २५ हजार रुपैयाँ घुस लिएको अभियोग लागेको छ। आयोगले बिगो अनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आयोगले स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत तथ्यांक अधिकृत मेघनाथ रेग्मीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। नक्कली बिल भरपाई पेश गरी भ्रष्टाचार गरेको अभियोग रेग्मीमाथि लागेको छ। आयोगले रेग्मीविरुद्ध एक लाख आठ हजार तीन सय ८९ बराबरको भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो।

यस्तै स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत क्षयकुष्ठ सहायक मनीषकुमार महत्तोविरुद्ध चार लाख ८१ हजार नौ सय ९५ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ। आयोगले महतोसहित स्वास्थ्य कार्यालय म्याग्दीका तत्कालीन कार्यालय प्रमुख भीमप्रसाद आचार्य र आर्थिक सल्लाहकार हरिशंकर शर्माविरुद्ध समेत आयोगले एक लाख ७८ हजार चार सय ८६ बराबरको बिगो माग गर्दै मुद्दा दायर गरेको छ।रासस

प्रकाशित: ९ पुस २०७६ ०३:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App