१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

आगलागीबाट २५ लाख बराबरको धनमाल नष्ट

उदयपुर– बेलका नगरपालिका र लिमचुङबुङ नगरपालिकाका छुट्टाछुट्टै घरमा आगलागि हुँदा २५ लाख बराबरको धनमाल नष्ट भएको छ। 

बेलका नगरपालिका कुम्बेडाँडास्थित नयन्द्रबहादुर श्रेष्ठको घरमा बुधबार दिउँसो भएको आगलागीबाट घर र घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन र महत्वपूर्ण कागजात सबै जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ। 

घरको सोलार प्यानलबाट विद्युत सर्ट भई आगो सल्कदाँ काठको घर र घरभित्र रहेका सबै जिन्सी र नगद तथा मालसामान नष्ट बनाएको हो।  घट्नास्थलको सर्जमिन मुचुल्का गरी फर्केको प्रहरीका अनुसार आगलागीबाट १५ लाखबराबरको धनसम्पत्ति क्षति भएको छ। 

यता पहाडी गाउँपालिका लिमचुङबुङ ५ स्थित जाँते हिम्माका चामबहादुर राईको घर गतसाता आगलागीमा पर्दा १० लाखभन्दा बढीको क्षति भएको छ।

साविक जाँते ७ का पूर्व वडाध्यक्षसमेत रहेका राईको घरमा साँझपख लागेको आगोले घर सहित अन्नपात, लुगाफाटा र भाँडाकुँडा र नगद जिन्सी सबै जलेको हो।

घट्ना बुझ्न इलाका प्रहरी कार्यालय लिमचुङबुङ बाराहाबाट भोलिपल्ट मात्रै प्रहरी टोली आइपुगेको थियो। 

प्रकाशित: ५ मंसिर २०७६ ०९:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App