१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बलात्कार आरोपमा दुई जना पक्राउ

बैतडी - बैतडीमा बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। मानसिक सन्तुलन गुमाएकी अन्दाजी ४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोप शिवनाथ गाउँपालिका–५ का सोबी चन्द र रामी दयाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए।

कार्तिक २६ गते मेलौली जात्राको साँझ उनीहरु महिलालाई बलात्कार गरेको आरोप लागेको छ। पीडित पक्षको किटानी जाहेरीको आधारमा दुवैजनालाई बिहीबार पक्राउ गरिएको प्रवक्ता चन्दले बताए। दुवैमाथि जबरजस्तीकरणी मुद्दा दर्ता गरेर अदालतबाट १० दिनको म्याद थपी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ कार्तिक २०७६ ०७:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App