१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

अस्ताउँदो सूर्यलाई अर्घ (फोटो फिचर)

लहान– आस्थाको महापर्व छठअन्तर्गत आज तेस्रो दिन शनिबार व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरी पूजाअर्चना गरेका छन्। सिरहासहित मधेस र पहाडी जिल्लामा पनि अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ मनाइएको छ।

अर्घ सामग्रीमा ठकुवा, भुसुवा, केरा, उखु्, गाजर, खाजा, कन्दमूल सहित विभिन्न ७० प्रकारका पूजा सामग्री अर्घ चढाउने परम्परा रहेको छ। अस्ताउँदो सूर्यदेवलाई  अर्घ चढाउने दिन लाई छठको मूल दिन पनि भनिन्छ। यस पर्वमा भुसवा र कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानसँगै केराको घरी, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ दिइन्छ।

छठ पर्व नै यस्तो पर्व हो जसमा अस्ताउँदो सूर्यलाई पनि पूजा गर्ने परम्परा रहेको छ। सूर्यलाई ‘आदि’ देवता पनि भनिन्छ। मानवलाई उज्यालो दिने, जिउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधिबाट जोगाउने सूर्य नै भएको मान्यता पाइन्छ। त्यसैले सूर्यलाई एउटा अभिष्ट देवताका रूपमा वैदिक कालदेखि नै पुजिएको छ।

वैदिक साहित्यको मुख्य सार नै सूर्य उपासना रहेको छ। वेदमा सूर्यलाई ऐश्वर्यका रूपमा मानिएको छ भने ऋग्वेदमा सूर्यलाई नै सबै देवताको स्रोत मानिएको छ। छठ पर्वमा सूर्यलाई ‘छठिमाइ’ का रूपमा पूजा गर्ने चलन छ, जसलाई वैदिक अनुष्ठानमा तान्त्रिक अनुष्ठानको सम्मिश्रण मानिएको छ। यस पर्वको सम्पादन षष्ठी तिथिमा हुने भएकाले यसको तद्भव रूप छठले ‘परमेश्वरी’ को रूप लोकमानसमा ठाउँ पाएको मैथिली संस्कृतिका जनाकार सह प्राध्यापक उमेश कुमार झले बताए।

छठ पर्वमा अर्घ दिइने सामग्रीमा बाँसले वंशवृद्धि, उखुले आरोग्य, ठकुवाले समृद्धि, मौसमी फलफूल प्रकृतिप्रति कृतज्ञता र केरामा भगवान् विष्णुको बास रहेको मान्यताले ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुन् भन्ने सन्देश पनि दिन्छ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App