काठमाडाैँ – महाराजगन्जमा जुवा खालबाट ठूला ब्यापारी र गुण्डा नाइके बलेसहित २५ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा व्यापारी श्रवण गाेयल र गुन्डा नाइके बलराम सापकोटा भन्ने बलेसहित २५ जना रहेको महानगरीय प्रहरी वृतले जनाएको छ।
प्रहरी वृत महाराजगन्जबाट खटिएको प्रहरी टोलीले उनीहरूलाइ साम्बला होटलकाे पछाडिबाट पक्राउ गरेकाे हाे। उनीहरूसँग प्रहरीले २ करोड ६७ लाख जति समेत बरामद गरेकाे छ।
प्रकाशित: १० कार्तिक २०७६ ०२:३१ आइतबार