१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

महरालाई कहिले लगिदैँछ अदालत ?

काठमाडौं - संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी रोशनी शाहीले प्रहरीमा किटानी जाहेरी दिएपछि पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालत लगिने भएको छ।

बलात्कारको आरोप लागेका निवर्तमान सभामुख महरालाई मंगलबार अदालत लगिने काठमाडौं प्रहरी परिसरका प्रमुख तथा एसएसपी उत्तम सुवेदीले बताए । उनका अनुसार थुनामा राखेर थप अनुसनधानको गर्न म्याद थपका लागि महरालाई अदालतमा हाजिर गराउन लैजान लागिएको हो।

सरकारी वकिलको कार्यालय स्रोतका अनुसार महराले घटना भएको दिनमा आफू रोशनीको कोठामा पुगे पनि बाहिर भनिए जस्तो आफूले जवरजस्ती करणीको प्रयास नगरेको बयान दिएका छन्।

‘पारिवारिक सम्बन्धका आधारमा आफ्नो आउजाउ रहेको कुरा उहाँले बताउनुभएको छ’, स्रोतले भन्यो, ‘ तर बयान सकिएको छैन। बयान पुरा भएपछि सोही अनुसार मुद्दा अगाडि बढाइनेछ।’ बलात्कार प्रयास गरेको आरोपमा असोज १९ गते पक्राउ परेका महरालाई बयानका लागि गत बिहीबार सरकारी वकिलको कार्यालयमा उपस्थिति गराइएको थियो।

सरकारी वकिल कार्यालयको रोहवरमा प्रहरीले महराको उक्त बयान लिएको थियो। जिल्ला अदालत काठमाडौंले गत १९ गते पक्राउ पूर्जी जारी गरेपछि सभामुख निवास वालुवाटारबाट प्रहरीले महरालाई पक्राउ गरेर हिरासतमा राखेको छ।

प्रहरीले आज महरालाई अदालत लैजाने तयारी गरेपनि देशैभरका अदालत बन्द भएपछि मंगलबार अदालत हाजिर गर्न लागिएको जनाएको छ। सोमबार पूर्व प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा अदालत बन्द गरिएको छ।

महराको स्वास्थ्य अवस्था खराब भएपछि नर्भिक अस्पतालमा उपचाररत छन्। उनलनाई मुटु र स्वासप्रस्वासमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। प्रहरीले उनलाई २३ गते अस्पताल भर्ना गरेको थियो। एसएसपी सुवेदीका अनुसार महराको स्वस्थ्य अवस्था खराब भएकोले अस्पतालबाटै थप अनुसन्धानको लागि म्याद थपाउन अदालत लगिने छ।

महराले जवरजस्ती करणीको आरोप लागेपछि सभामुखको पदबाट राजीनामा गरिसकेका छन् भने उनको सांसद पद पनि निलम्बनमा परेको छ।

प्रकाशित: २८ आश्विन २०७६ ०४:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App