६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

हेटौँडा अस्पतालमा बिरामीको अत्यधिक चाप

मकावानपुर– हेटौँडा अस्पतालमा बिरामीको चाप बढ्दै गएको छ। डेङ्गु, स्क्रबटाइफस, भाइरलज्वरो जस्ता समस्याले हेटौंडा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको हो।

बिरामीको चाप अस्पतालमा अत्यधिक बढ्दा सेवा प्रभावमा समस्या भइरहेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार तीन सय बिरामीको उपचार क्षमता रहेको सो अस्पतालमा ५०० देखी ७०० सम्म बिरामी उपचारका लागि आउने गरेका छन्।

उपचारका लागि अस्पताल आउने बिरामीको चाप अत्यधिक बढ्दा उनीहरु श्यया कुरेर बस्न बाध्य भएका छन्।विगत दुई वर्षदेखि बीमा कार्यक्रम लागू भएकाले उपचार गर्नेहरूको  सङ्ख्या ह्वातै बढ्नाका साथै वर्षायाम शुरू भएदेखि डेङ्गु र स्क्रबटाइफसका बिरामी पनि बढेकाले श्यया अभावको समस्या विकराल बन्दै गएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ। 

एउटा चिकित्सकले ४५ जनासम्म बिरामीको उपचार गर्ने भनिएकामा पछिल्लो समय एउटा चिकित्सकले कम्तीमा १०० देखि १५० सम्म बिरामी जाँच गर्नुपरेको अस्पताल विकास समितिले जनाएको छ।

दैनिक ५०/६० बच्चाको स्वास्थ्य जाँच भइरहेको उक्त अस्पतालमा हाल १५० सम्म बच्चा बिरामी भएर आउने गरेको बालरोग विशेषज्ञ डा. राजु सेढाईंले बताए।

उनले भने, ‘डेङ्गु देखिए पनि सामान्यतया खान नसक्नेसम्मका बच्चालाई घर पठाएका छौँ, तर भर्ना गरेर उपचार गर्नुपर्ने बिरामीलाई  श्यया नपुगे पनि हामीले कुरुवा बस्ने श्यया, भुइँ कोरिडोर सबैतिर राखेर उपचार गरिरहेको छौँ।’

अस्पतालले नयाँ निर्माणाधीन भवन तयार नभएसम्म अझै १० महीनासम्म अस्पतालको हालको समस्यालाई व्यवस्थापन गर्न कठिनाइ हुने अध्यक्ष पौडेलको भनाइ छ। हाल अस्पतालमा व्यवस्थापन समितिअन्तर्गत ३५ र कर्मचारीअन्तर्गत ३४ गरेर अस्पतालमा ७४ कर्मचारी छन् । रासस

प्रकाशित: १० आश्विन २०७६ १०:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App