१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जैसीको मृत्युबार छानबिन माग

काठमाडौं – राष्ट्रियसभाको शुक्रबारको बैठकमा सांसदले कीर्तिपुरमा गत साता एक युवकको शंकास्पद मृत्यु भएको बताउँदै अपराधी पक्राउ गर्न माग गरेका छन्। सांसद भैरवसुन्दर श्रेष्ठले कीर्तिपुरमा कोरियाली भाषा सिक्ने एक युवकको साउन २७ गते रहस्यमय मृत्यु भएको घटनाको छानबिन गर्न माग गरेका हुन्। उनले सुर्खेत वीरेन्द्रनगर नगरपालिका १२ का विष्णुप्रसाद जैसीको मृत्यु शंकास्पद भन्दै दोषीलाई पक्राउ गर्न सरकारको ध्यानाकर्षण गराए।

जैसीलाई चोरीको आरोपमा प्रहरीले साउन २६ गते पक्राउ गरेर निर्दोष भनी छाडेपछि मृत्यु भएको श्रेष्ठले बताए। प्रहरीले उनी बस्ने होस्टेलका सञ्चालकसँग बयान नलिएको भन्दै श्रेष्ठले यसबारे छानबिन हुनुपर्ने बताए। ‘होस्टेल सञ्चालकको बाला चोरेको आरोप लगाइन्छ। जेठ २६ गते पक्राउ गरी २४ घण्टासम्म हिरासतमा राखेर छानबिन गरिन्छ अनि निर्दोष छन् भनेर होस्टेल सञ्चालकको जिम्मा लगाइन्छ। त्यसको ३ घण्टापछि उनी मर्छन्’, उनले भने, ‘यो के हो ?’

उनका बुबा हरिसुन्दर जैसीले सञ्चालकविरुद्ध किटानी जाहेरी दिए पनि प्रहरीले पक्राउ नगरेको सांसद श्रेष्ठले बताए। ‘बुबाले किटानी जाहेरी दिएका छन्। तर प्रहरीले हामी अनुसन्धान गर्दैछौं भन्छ, कसैलाई पक्राउ गरेको छैन,’ उनले भने, ‘हामीले बारम्बार भन्दा पनि प्रहरी चल्दैन। प्रहरीको छानबिनको तरिका के हो ?’

कीर्तिपुरको भ्याली इन्स्टिच्युटमा कोरियाली भाषा सिकिरहेका जैसी सोही इन्स्टिच्युटको सम्बन्ध भएको होस्टलमा बस्दै आएका थिए। होस्टल सञ्चालकको बाला चोरेको आरोपमा उनलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा बुझाइएको थियो।

प्रकाशित: ७ भाद्र २०७६ ०२:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App