७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

फरार अभियुक्त पक्राउ

रौतहट – रौतहट प्रहरीले विभिन्न अपराधका मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ। हातहतियार तथा खरखजाना मुद्दामा फरार अपराधीको सूचीमा लामो समयदेखि रहेका गरुडा नगरपालिका–२ गेडहीगुँठीका ४२ वर्षीय राम एकबाल सहनीलाई प्रहरी टोलीले सोमबार झाँझपुलबाट पक्राउ गरेको हो। उनी भूमिगत तराई मुक्ति मोर्चाका कार्यकर्ता रहेको मानिन्छ।

२०६७ मंसिर १७ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमातहत इलाका प्रहरी कार्यालय हर्कठवाबाट खटिएको प्रहरी टोलीसँग सो मोर्चाका हतियारधारी पाँचजनाको समूहसित भवानीपुरको सुकमारी मन्दिरनजिक भिडन्त भएको थियो।

मोर्चाका कार्यकर्ताले प्रहरीबाट ५४ एमएमको ठूलो चाइनिज पेस्तोल लुट्न सफल भएका थिए। सोही मुद्दामा हालसम्म फरार सहनीलाई रौतहट प्रहरीले पक्राउ गरी हातहतियार तथा खरखजाना मुद्दामा आवश्यक कारबाहीपछि कर्तव्य ज्यान मुद्दाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई बुझाउने जिल्ला प्रहरी प्रवक्ता डिएसपी नवीन कार्कीले बताएका छन्।

प्रकाशित: ४ भाद्र २०७६ ०२:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App