१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

केन्याबाट उद्धार गरिएका १२ युवतीलाई नेपाल ल्याइयो

काठमाडौं– केन्याको डान्सबारबाट उद्धार गरिएका १२ नेपाली युवतीलाई काठमाडौं ल्याइएको छ। उनीहरुलाई बिहीबार साँझ हवाई मार्ग हुँदै काठमाडौं ल्याइएको हो।

तीन महिनाअघि केन्या प्रहरीले चलाएको अपरेशनका क्रममा उनीहरू पक्राउ परेका थिए। केन्याको मोम्बासा काउन्टीको नियाली नाइट क्लबबाट उनीहरुलाई पक्राउ गरिएको थियो।

नेपाल प्रहरीको मानव बेचिबखन अनुसन्धान ब्युरोका प्रवक्ता एसपी गोविन्द थपलियाले ती युवतीहरु काँकडभिट्टा हुँदै भारतबाट केन्या पुगेको बताए। उनका अनुसार ती युवतीहरुले आफैं राजीखुसीले नै केन्या गएको बताएका छन्। थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

प्रकाशित: ३ श्रावण २०७६ ०८:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App