१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पूर्वप्रधानमन्त्री भट्टराईको सहभागितामा टोखामा वृक्षारोपण

काठमाडौं- आजबाट देशभर सुरु गरेको वृक्षरोपण अभियानको क्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले टोखामा वृक्षारोपण गरेका छन्। भट्टराई सहित उनी हाल बसोवास गर्ने 'कोलनी' का एक सय भन्दा बढी वृक्षारोपणमा सहभागि भएका थिए।  

फलफूल तथा अन्य जातका विरुवा रोपिएको डा. भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए।

वृक्षारोपण मात्र होइन संरक्षण पनि गरिने उनले बताए। वातावरणीय विनास रोक्न र दिगो विकास प्रवर्धन गर्न सबैले आआफ्नो क्षेत्रमा उपयुक्त कदम चाल्नु पर्ने डा. भट्टराईले ट्वीट गर्दै भनेका छन्।

सरकारले असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसको रुपमा मनाउने निर्णय गरेको छ। तीन वर्षभित्र ३ करोड बिरुवा रोप्ने योजना सरकारको छ।

 

प्रकाशित: १४ असार २०७६ ०७:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App