इलाम २ को उपचिर्वाचनमा अहिलेसम्म ४२ प्रतिशत मत खसेको छ। इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार दिउँसाे १ बजेसम्म ४२ प्रतिशत मतदान भएको जानकारी दिए।
उनका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा करिब ४९ हजार मत खसेको थियाे ।
यस्तै एक जना किरियापुत्रीले पनि मतदान गरेका छन् । आफ्नी आमाको किरिया बसेका रजिन खड्काले दृपादेवी आधारभूत विद्यालय मतदान केन्द्र क मा पुगेर मतदान गरेका बताइएकाे छ।
सबैतिर शान्तिपूर्ण र मर्यादित रूपमा भइरहेको छ। उपनिर्वाचनमा १२ दल र सात स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्।
यादवका अनुसार इलाम २ मा ७९ मतदान स्थल र एक सय ४९ वटै मतदान केन्द्र रहेका छन्।
प्रकाशित: १५ वैशाख २०८१ १२:४६ शनिबार