१७ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

ट्राभल एक्सेसरिजबाट बनाउनुस् यात्रा सहज र आनन्ददायक

व्यस्त जीवनशैलीबाट ब्रेक लिन वा मोजमस्तीका लागि यात्रा उपयुक्त उपाय हो। रिफ्रेसका लागि यो उपयुक्त उपाय हो। तर, जब बिजनेस वा अन्य कुनै कामका लागि निरन्तर यात्रा गर्नुपर्ने हुन्छ, त्यतिबेला यो झन्झटिलो हुन्छ। यो अवस्थामा यात्रालाई सहज र आनन्ददायक बनाउन यी ट्राभल एक्सेसरिज उपयोग गर्न सकिन्छ।  

नेक पिलो
यात्रा लामो होस् वा छोटो कम्फर्ट भएन भएन आनन्द आउँदैन। यात्राका क्रममा बसिरहनुपर्ने भएकाले कतिपयलाई टाउको र काँध दुख्नेको समस्या हुने गर्छ। यस्तोमा यो समस्याबाट मुक्ति पाउन नेक पिलो प्रभावकारी हुन सक्छ। यसको प्रयोग गरेर यात्रामा निदाउन पनि सहज हुन्छ।

स्लिप मास्क
यात्राका क्रममा अर्काे उपयोगी सामान हो, स्लिप मास्क। स्लिप मास्क प्रयोग गरे यात्रालाई सहज बनाउन सकिन्छ। दिन होस् वा रात, यो जतिबेला पनि प्रयोग गर्न सकिन्छ। यो नरम सामग्रीबाट बनेकाले धुन पनि सजिलो हुन्छ र आँखालाई पनि आराम मिल्छ।

पासपोर्ट होल्डर वालेट
यात्रा गरिरहने मानिसका लागि पासपोर्ट होल्डर वालेट पनि उपयोगी सामग्री हो। यो विशेष गरी पासपोर्ट राख्नका लागि तयार गरेको हो। तर, यसमा महŒवपूर्ण डकुमेन्ट राख्न सकिन्छ।

पोर्टेबल डिजिटल लगेज स्केल
यो हवाई यात्रा गर्ने मानिसका लागि उपयुक्त सामान हो। अधिकांश मानिस यात्राका दौरान धेरै सामान प्याक गर्ने गर्छन्। र, एयरपोर्टमा लगेजको थप रकम तिर्नुपर्छ। यस्तो अधिक खर्चबाट जोगिन पोर्टेबल डिजिटल लगेज स्केल प्रयोग गर्न सकिन्छ। यसमा ब्यागको तौल जोक्न सकिन्छ। –    एजेन्सीको सहयोगमा
 

 

प्रकाशित: ११ जेष्ठ २०७६ ०३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App