१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

टुटलका चालकले युवती पछ्याएपछि...

जेठ २गते रीना (नाम परिवर्तन) नक्सालबाट उनको घर पानीपोखरी जान टुटल बोलाइन। समय दिनको ३ बजेको थियो। उनी घर त पुगिन तर उनलाई टुटलका चालकको तारन्तर फोन र म्यासेजले हैरान बनाएको छ।

३ गते शुक्रबार बेलुकी त्यही टुटल चालकको नम्बरबाट उनलाई फेरी म्यासेज आयो। त्यस्ता म्यासेजहरु एकपटक होइन पटकपटक आइरहे। अत्ति नै भएपछि उनले टुटलाई एप्लिकेसन मार्फत उजुरी गरिन। यद्यपि टुटलले उनलाई न त कुनै प्रतिक्रिया दियो न त आश्वासन नै।

‘त्यो चालकले साथी बन्ने भन्दै मेरो फेसबुक प्रोफाइल मागिरहेको छ’ उनले नागरिकसँग भनिन्। उनले अहिलेसम्म आफ्नो परिवारलाई यो विषयमा सुनाएकी छैनन्। आफ्नो कारणले परिवारलाई दुख दिन नचाहेको उनको भनाइ छ।

यो एउटा प्रतिनिधी घटना मात्र हो। त्यसो त काठमाडौंको जाम र अस्तव्यस्तताको समयमा टुटल, पठाओलगायतले मोटरसाइकलमा सशुल्क यातायात सेवा प्रदान गरिरहेका छन्। यसमा  विशेष गरी युवाहरुको आकर्षण राम्रै देखिएको छ। यद्यपि पछिल्लो समय महिलाहरुले मोटरसाइकल सेयरिङमा समस्या रहेको समेत बताउँदै आएका छन्।

नागरिकले ती टुटल चालकलाई सम्पर्क गर्दा उनले ती महिलालाई म्यासेज पठाएको स्वीकार्दै ‘त्यस्तो व्यवहार नदोहाे-याउने’ बताए।

टुटलका सिइओ शिक्षित भट्ट ग्राहकसँग हुनसक्ने गलत क्रियाकलावलाई रोक्न टुटलमा मोनिटरिङ् सिस्टम रहेको बताउँछन्। ‘तपाइँले दिएको जानकारी सही भएको पाइयो भने हामी एक्सन लिने छौं। ’उनले थपे ‘गन्तव्यमा पुगेपछि ग्राहकले नराम्रो रेटिङ गर्न पाउँछन्, त्यस्तो भएमा हामी सन्दर्भ हेरेर उक्त चालकलाई टुटल प्रयोग गर्न नसक्ने गरी तुरुन्त ब्लक गर्छौ।’उनका अनुसार चालकले नराम्रो रेटिङ पाउने बित्तिकै उसले ग्राहकसँग केही गलत गरिरहेको छ थाह हुन्छ।

‘यदि त्यस्तो दुर्व्यवाहार ग्राहकमाथि भएको भए पुलिसमा उजुरी गर्न हामी सहयोग गर्छौ र गरेका पनि छौ’ भट्टले भने। नेपालमा  मोटरसाइकलबाट यातायातको सेवा दिने टुटल पहिलो संस्था हो। यसले २०१७ बाट सेवा दिँदै आएको छ। छिटो र सजिलो सेवा प्रदान गरेको भन्दै युवा पुस्तामा टुटल चर्चित बन्दै गएको छ।

प्रकाशित: ४ जेष्ठ २०७६ ११:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App