२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

'बुद्ध जन्मस्थल लुम्बिनी जाऔंः शान्तिको सन्देश फैलाऔैं'

काठमाडाैँं - लुम्बिनीलाई पर्यटकीय दृष्टिकोणले विकास गर्ने उद्देश्यका साथ प्रदेश ५ को सरकारले ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ मनाउने तयारी गरेको छ। गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्र भागमा राखेर त्यस वरपरका सम्पदाहरुलाई पनि पर्यटकीय दृष्टिकोणले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्ततरमा चिनाउन प्रदेश सरकारले ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ मनाउने तयारी गरेको हो।

बुधबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले समग्र लुम्बिनीलाई पर्यटन प्रबर्द्धन गर्ने संस्कृतिको रुपमा विकास गर्न भ्रमण वर्ष मनाउने निर्णय गरिएको जानकारी दिए। आन्तरिक पर्यटन प्रबर्द्धनमा जोड दिएर बाह्य पर्यटनलाई आकर्षित गर्ने पर्यटन भ्रमण वर्षको मूल उद्देश्य रहेको उनले बताए।
‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔंः शान्तिको सन्देश फैलाऔैं’ भन्ने नाराका साथ आयोजना गरीएको भ्रमण वर्षको आगाम जेष्ठ ४ गते लुम्बिनीमा एक भव्य कार्यक्रमका बीच शुभारम्भ गरिनेछ।

लुम्बिनी फुड फेष्टिबल, मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, धार्मिक यात्रा र त्रिपिटक वाचन, योग तथा ध्यान शिविरहरु पनि सञ्चालन हुने प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले बताए।

 

प्रकाशित: २६ वैशाख २०७६ ०४:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App