१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मोटरसाइकल दुर्घटनामा किशोरीको मृत्यु

वीरगन्ज – पर्साको जगरनाथपुर–६ प्रसौनी बहुवरीस्थित हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा किशोरीको मृत्यु भएको छ भने मोटरसाइकल चालक युवक गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार शुक्रबार राति ८ भएको दुर्घटनामा पर्सागढी नगरपालिकाको हरपुर जिग्नाकी १६ वर्षीया प्रतिमा कुमारी पासवानको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा भारतको बेतिया निवासी मोटरसाइकल चालक २० वर्षीय रामधोनी राम गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय (पोखरिया) का अनुसार हुलाकी सडकमा निर्माणधीन अवस्थामा रहेको कल्र्भटमा उनीहरू सवार बा ३३ प ८२५९ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो। घाइते रामको खुट्टा भाँचिएको छ। उनको उपचार वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा भइरहेको छ।

 

प्रकाशित: २० फाल्गुन २०७५ ०३:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App