६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

सर्खेतमा एक लाख अफिमका बिरुवा प्रहरीद्वारा नष्ट

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार एक लाख लागुऔषध अफिमका बिरुवा नष्ट गरेको छ। लेकबेसी नगरपालिका–८ लामिडाँडा सुर्खेतमा खेती गरिएका एक लाख बढी अफिमका बिरुवा प्रहरीले नष्ट गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक निरञ्जन घिमिरेको नेतृत्वमा खटिएको १८ जना र इलाका प्रहरी कार्यालय लेकबेँसी सुर्खेतबाट प्रहरी नायव निरीक्षक मोहनलाल कुमाईको नेतृत्वमा खटिएको ६ जनासहित २४ जनाको टोलीले अफिमखेती नष्ट गरेको जिप्रका सु्र्खेतका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। 
प्रहरीले स्थानीय जनप्रतिनिधि, नागरिक अगुवा र सर्वसाधारणको सहभागितामा छ बिघा क्षेत्रफलमा लगाइएको अफिम नष्ट गरेको प्रवक्ता क्षेत्रीले बताए। साथै प्रहरीले लामिडाँडा गाउँमा ‘सामुदायिक प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत लागुऔषधसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ । नियन्त्रणको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रत्येक महीना उत्कृष्ट लागुऔषध नियन्त्रण पुरस्कार जिप्रका सुर्खेतले दिँदै आएको छ। रासस 
 

 

प्रकाशित: १३ फाल्गुन २०७५ ०९:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App