१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सालको काठसहित चार पक्राउ

इलाम– अवैध सालको काठसहित इलामको चुलाचुली गाउँपालिकाबाट प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ। सोमबार बिहान ५ बजेतिर सिँधुवाखोलामा काठ ओसार्दै गरेका उनीहरुलाई साइकल र काठसहित समातिएको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीका अनुसार पक्राउ पर्नेमा माङ्सेबाङ गाउँपालिका ४ का १९ बर्से सबिन लिम्बू, सोही ठाउँका २१ बर्से राजकुमार पाल, १३ बर्से सगुन लिम्बू र १५ बर्से सुभित राई छन्। प्रहरीले उनीहरुको साथबाट ८० क्युफिट काम र काठ ओसार्न प्रयोग गरिएको २० वटा साइकल समातेको छ। बरामद काठ चुलाचुलीस्थित सब डिभिजन वन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित: २९ माघ २०७५ १०:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App