१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

डोल्पा दुई दिनदेखि संचार विहीन

डोल्पा – डोल्पा शुक्रबार अपरान्ह्रदेखि संचार विहीन बनेको छ। जिल्लाको जगदुल्ला गाउँपालिकाको मौरे लेकमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा खराबी आएपछि शुक्रबार दिउँसोबाट डोल्पा संचार विहीन बनेको हो।

दिउँसोबाटै जिएसएम र सिडिएमए मोबाइल सेवा लगायत ल्याण्डलाइन सेवा समेत बन्द छ। सिँगो जिल्ला नै दुई दिनदेखि संचार विहीन बनेकाले कार्यालयका अति महत्वपूर्ण कामहरू प्रभावित बनेका छन्।

नेपाल टेलिकम नेपालगन्जका कार्यकारी प्रमुख सिवराज खनालले मौरेमा रहेको रिपिटर टावरमा प्राविधिक समस्या आएकाले छिमेकी जिल्ला जुम्लाबाट आवश्यक उपकरण सहितको प्राविधिक टोली पठाइ सकिएकोले सम्भवत मंगलबारसम्ममा सेवा सुचारु हुने बताए।

प्रकाशित: ५ माघ २०७५ १०:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App