१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

राती ढोका फोडेर जबरजस्ती करणीको प्रयास, महिलाले दिइन उजुरी

रुकुम– रुकुम (पश्चिम)को आठबीसकोट नगरपालिकाकी एक महिलाले आफूलाई एक युवाले जबरजस्ती करणी गर्न खोजेको भन्दै प्रहरी समक्ष जाहेरी दिएकी छन्। आठबीसकोट १२ की २८ वर्षीया ती महिलाले वडा नम्बर १० घारीखोलाका अन्दाजी ३३ वर्षीय ध्रुवराज केसीले आफूमाथि जबरजस्ती करणीको प्रयास गरेको भन्दै उजुरी दिएको प्रहरीले जानकारी दिएको छ। 

बुधबार राती छोरासहित कोठामा सुतिरहेको अवस्थामा आफूमाथि बलात्कारको प्रयास भएको महिला प्रहरी समक्ष दिएको उजुरीमा उल्लेख छ। कोही नभएको मौका छोपी केसीले आफू सुत्ने कोठाको ढोका तोडफोड गरी भित्र प्रवेश गरेर आफूलाई कुटपिट गर्नुका साथै बलात्कार गर्न खोजेको महिलाको उजुरीमा उल्लेख छ।

नगरपालिका वडा नं. १२ मा घर भएकी ति महिला नगरपालिका वडा नं. ११ को सीमबजारमा बस्दै आएकी थिइन्। घटना भएलगत्तै प्रहरीले आरोपीलाई पक्राउ गरे पनि अहिले भने भगाएको पीडित महिलाले बताइन्। प्रहरीले भने केसीलाई मेडिकल परीक्षण गर्दा उनले मदिरा सेवन गरेको र अत्याधिक वान्ता गरेपछि उनलाई थप उपचारको लागि नेपालगन्ज पठाएको बताएको छ। 

आठबीसकोट नगर अस्पतालमा उपचार हुन नसकेर रिफर गरेपछि मात्र उनलाई प्रहरीको निगरानीमा नेपालगन्ज पठाइएको र साथमा प्रहरी समेत गएको इलाका प्रहरी कार्यालय आठबीसकोटमा प्रहरी नायव निरीक्षक मदन शाहीले जानकारी दिए। पीडित महिलाले भने राजनीतिक शक्तिको प्रयोग गर्दै आफूमाथि जबरजस्ती गर्न खोज्ने व्यक्तिलाई भगाएको भन्दै गुनासो गरेकी छिन्।  

प्रकाशित: ३ माघ २०७५ ०७:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App