१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नेपालमा पनि ‘खगोल विज्ञानका सय घन्टा’

काठमाडौं – ‘खगोल विज्ञानका १०० घन्टा’ नामक अन्तर्राष्ट्रिय कार्यक्रम नेपालमा पनि विभिन्न स्थानमा मनाइने भएको छ। यसअन्तर्गत मुलुकका सातै प्रदेशमा खगोल विज्ञानसँग सम्बन्धित कार्यक्रम आयोजना गर्न लागिएको नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का संस्थापक एवं अध्यक्ष सुरेश भट्टराईले जनाए। ‘सातै प्रदेशका विभिन्न ठाउँमा कार्यक्रम गर्न नासोले स्वयंसेवक परिचालन गरिसकेको छ,’ भट्टराईले भने।

उनका अनुसार प्रदेश १ को दमक, प्रदेश २ को जनकपुर तथा सिमरा, प्रदेश ३ को काठमाडौं, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल, कर्णाली प्रदेशको मंगलगढी (सुर्खेत) तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम आयोजना गरिनेछ।

अमेरिकी अन्तरिक्ष संस्था नासाको अन्तरिक्ष मिसन ‘न्यु होराइजन’ तथा एस्ट्रोनोमीका अन्य विषयबारे पुस ३० गते बसुन्धरास्थित साउथवेस्टर्न स्टेट कलेजमा अनलाइनमार्फत् प्लानेटरी साइन्स इन्स्टिच्युटका बरिष्ठ वैज्ञानिक डा. हेनरी थ्रुपसँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ। निःशुल्क आफ्नो नाम दर्ता गरी उक्त कार्यक्रममा सहभागी हुनसक्ने नासोले जानकारी दिएको छ।

प्रकाशित: २६ पुस २०७५ ०५:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App