१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

रानीपोखरीमा नेविसंघले खेल्यो ब्यङ्‌गात्मक फुटबल!

तस्बिरः विजय राइ

काठमाण्डौं– राजधानीको केन्द्रमा रहेको ऐतिहासिक पुरातात्विक महत्वको रानीपोखरीको स्वरुप २०७२ को भूकम्पले ध्वस्त भयो। भूकम्प गएको झन्डै साढे तीन वर्ष वितिसक्दा पनि सरोकारवाला निकायबीच पूनर्निर्माण कसरी गर्ने भन्ने विषयमा सहमति हुन नसक्दा रानीपोखरी पोखरीको स्वरुप गुमाएर चौरजस्तै बनेको छ।

रानीपोखरीको पूर्ननिर्माणमा काठमाडौ महानगरपालिका र पुरातत्व विभागबीच जुहारी जस्तै छ। सम्पदा संरक्षणकर्मीहरुको अडान अर्कातिर छँदैछ। सरकारी निकायबीचकै विवादले रानीपोखरी पुनर्निमाण नभएको विषयलाई व्यंग्य गर्दै प्रतिपक्षीदल नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका नेता कार्यकर्ता रानीपोखरीमा मंगलबार फुटबल खेले।

काठमाण्डौंमा फुटबल खेल्नको लागि सयौं फुटसल तथा चौरहरु नभएका होइनन् । तरपनि ऐतिहासिक महत्व बोकेको रानीपोखरी भित्रैै गएर फुटवल खेली नेपाल विद्यार्थी संघले सरोकारवाला निकायलाई दबाब दिएको हो । व्यङग्यात्मक फुटवलले प्रश्न उठाएको छ, के अव रानीपोखरीलाई मैदानकै रुपमा राखिराख्ने हो? 

रानीपोखरीको पुर्ननिर्माणको जिम्मा अहिले काठमाण्डौ महानगरपालिकाको काँधमा छ । महानगरका मेयर विद्या सुन्दर शाक्य र उपमेयर हरिप्रभा खडकीकाबीच रानीपोखरीलाई कसरी पुनर्निर्माण गर्ने भन्ने विषयमा विवाद छ । केही महिना पहिले उपमेयर खडकीको नेतृत्वमा रानीपोखरीको गेटमा ताला समेत लागेको थियो। 
पुरातत्व विभागले रानीपोखरी लगायतका ऐतिहासिक महत्वका संरचनाहरुलाई पुनर्निर्माण गर्दा पहिलेकै स्वरुपमा वनाउनुपर्ने भन्दै आएको छ । तर महानगरपालिकाले रानीपोखरीको पर्खाल निर्माणका क्रममा आधुनिक निर्माण समाग्री कंक्रिटको प्रयोग गरेपछि विवाद उत्कर्षमा पुगेको थियो। 

भूकम्प पछि सरकारले भत्केका संरचना पुर्ननिर्माण गर्ने भनि राष्ट्रिय पुर्ननिर्माण प्रधिकरण गठन गरेको हो । काठमाण्डौ महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणको जिम्मा पाए पनि पुरातत्व विभागले निर्दिष्ट गरेवमोजिम काम नहुँदा सुरु गरेको काम पनि रोक्नु परेको थियो। महानगरको कार्यशैलीको सवैतिर आलोचना भएपछि उसले काम रोकेको थियो। आम समूदाय जलाशय स्वरुपमा रानीपोखरी हेर्न चाहन्छन् तर सरकारले पुनर्निमाणमा तदारुकता नदेखाएको भन्दै विद्यार्थी संघका कार्यकर्ता ‘रानीपोखरी चौर’मा फुटबल खेल्न पुगेका हुन्। 

 

प्रकाशित: २४ पुस २०७५ ०९:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App