१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मापसे गर्ने  स्कुल बसका चालक पक्राउ

विराटनगर– मापसे गरेर स्कुल बस चलाउने नमुना विद्यामन्दिर विद्यालयका बस चालकलाई  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। नमुना विद्यामन्दिरको को १ च ११६३ नम्बरको बसका चालक अबुद राजवंशीलाई मंगलबार नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ। 

राजवंशीले विद्यार्थी सवार बस मापासे गरेर चलाएको पाइएकाले नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिए। उनका अनुसार पक्राउ परेका राजवंशीलाई फौजदारी अपराध ऐन २०७४ कार्वाही अगाडि बढाइएको छ।

प्रकाशित: २५ मंसिर २०७५ १५:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App