१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

वीरको दन्त चिकित्सा सेवा लिन महिनौं कुर्नुपर्ने

काठमाडौं – वीर अस्पतालको दन्त सेवा विभागमा बिरामीको चाप अत्यधिक हुन थालेको छ।

विभागमा बिरामीको चाप बढ्दा दाँत भर्ने प्रक्रियामै महिनौं कुर्नु परेको विभागले जनाएको छ। ‘दाँतको जरादेखि नै भनुपर्ने उपचारका लागि चार महिनापछि मात्र पालो आउँछ,’ विभागकी प्रमुख डा. शैली प्रधानले भनिन्।

उपचारका लागि आवश्यक टेबुलको व्यवस्थापन हुन नसक्दा सेवा लिनका लागि बिरामीले लामो समय कुर्नुपर्ने बाध्यता रहेको विभागकी प्रमुख डा. प्रधानले बताइन्। विभागमा दाँत उपचार गर्ने विशेष टेबल ३० वटा मात्र छन्। विभागलाई थप २० वटा टेबुल आवश्यक रहेको प्रधानले बताइन्।

टेवुलका लागि प्रशासनलाई पटक–पटक आग्रह गर्दा पनि हालसम्म आफूहरुको माग पूरा हुन नसकेको प्रधानले बताइन्। थप टेबुल र आठ जना डेन्टल सहायक भएमा बिरामीको चाप हल हुने उनी बताउँछिन्।

अस्पतालको दन्त चिकित्सामा हाल स्थायी, अस्थायी र आवसीय गरी ३८ डेन्टल चिकित्सकसहित ५४ कर्मचारी कार्यरत छन्।

विभागको सेवा गुणस्तरीय र सस्तो भएकाले अस्पतालमा बिराकीको चाप हुने गरेको छ। ‘पूर्वराष्ट्रपति पनि दाँतको उपचार यहीँ आउनु भयो। केही समय अघि स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव पनि यहीँ आउनु भएको थियो,’ डा. प्रधानले भनिन्।

प्रकाशित: १७ मंसिर २०७५ ०२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App