१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

९० घण्टा बोलेर केसीले बनाए विश्वकीर्तिमान

काठमाडौं – योग तथा अध्यात्म साधक एवं उत्प्रेरक वक्ता अनन्तराम केसी लगातार ९० घण्टा प्रवचन दिएर विश्वकीर्तिमान कायम गरेका छन्। केसीले नेपाली समयअनुसार भदौ ११ गते बिहान ६ बजेदेखि १४ गते राति १२ बजेसम्म निरन्तर ९० घण्टा २ मिनेट प्रवचन दिएपछि बेलायतबाट आएका गिनिज बुक प्रतिनिधिले विश्वकीर्तिमान कायम भएको घोषणा गरेका थिए।

गिनिज बुकका प्रतिनिधि स्वप्निल डाङगारीकारले केसीलाई सोही रात विश्वमै सबै भन्दा लामो भाषण दिने व्यक्तिका रूपमा प्रमाणपत्र दिएका थिए। केसीले विश्वकीर्तिमानका लागि जोरपाटीको एक स्कुलमा लगातार भाषण दिएका थिए। केसीले १२ वटा शीर्षकअन्तर्गत योगसाधना, अध्यात्म, अटोबायोग्राफी, जीवन दर्शन, महाभारत कथा, तनाव व्यवस्थापन, मेमोरी एन्ड माइन्ड, राइट एक्सन लगायत विषयमा बोलेका थिए। लगातार ८० घण्टा बोलेर विश्वकीर्तिमान कायम गर्ने उनको प्रयास प्राविधिक त्रुटिका कारण गत वर्ष पूरा भएको थिएन।

केसी २०६० मा नुवाकोटकै भूमेदेवी माध्यमिक विद्यालयमा शिक्षक थिए। उनी शिक्षण पेसा छाडेर योग तथा अध्यात्मा साधनामा लागेका थिए। साधनाको १५ वर्षको अवधिमा उनी २१ दिन जल साधना, ६ महिना मौन ध्यान साधना, ९ दिन जमिनमुनि बास साधनालगायत गरेका थिए भने यही अवधिमा उनी नेपालका ७५ जिल्ला र भारतका ६ प्रान्त गरी १२ हजार ५ सय किलोमिटर पैदलयात्रा गरेका छन्। उनले स्मरण विज्ञान नामक पुस्तक लेखेका छन्।

उनी हाल योगा,पब्लिक स्पिकिङ, एंकरिङ, तनाव व्यवस्थापन, स्मरण व्यवस्थापनलगायत विषयमा तालिम पनि दिइरहेका छन्।

प्रकाशित: १६ भाद्र २०७५ ०१:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App