१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

नागरिककर्मी खतिवडा सम्मानित

दोलखा – नागरिक अधिकारका पक्षमा कलम चलाएको भन्दै नागरिक दैनिक र नागरिकन्युज डटकमका दोलखा संवाददाता रमेश खतिवडा सम्मानित भएका छन्।

जिल्लामा नागरिक अधिकारका पक्षमा कलम चलाउदै मानव अधिकारको संरक्षणमा योगदान पुर्याएको भन्दै नेपाल मानव अधिकार संगठन दोलखा शाखाले उनलाई सम्मान गरेको हो। खतिवडालाई जिल्ला न्यायाधीश कमलराज बिष्टले सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरे।

कार्यक्रममा अधिकारकर्मी कृष्ण बस्नेतलाई समेत सम्मान गरिएको थियो। संगठनले शनिबार दोलखामा प्रहरी जवान, अधिकृत, जवानका जवान तथा अधिकृत, विद्यार्थी लगायतलाई मानवअधिकार शिक्षा सम्बन्धि प्रशिक्षण आयोजना गरेको छ। 

 

प्रकाशित: २६ श्रावण २०७५ ०९:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App