१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

द नेक्स्टको 'अष्ट्रेलियन एजुकेसन फेयर'

काठमाडौं– द नेक्स्ट एजुकेसन कन्सलटेन्सीले अष्ट्रेलियमा अध्ययनका लागि जान चाहनेलाई लक्षित गरी शैक्षिक मेला आयोजना गर्ने भएको छ । ‘द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर—२०१८’ भनिएको उक्त मेला काठमाण्डौंको होटल अन्नपूर्णमा साउन १७ गते हुने आयोजकले जनाएको छ।

मेलामा अष्ट्रेलियाका २५भन्दा बढी विश्व विद्यालय तथा कलेजको सहभागिता रहने नेक्स्टका कार्यकारी निर्देशक शालिकराम भण्डारीले जनाए। मेलामा विश्वविद्यालय र कलेजका प्रतिनिधिसँग विद्यार्थी तथा अभिभावकले संवाद गर्ने अवसर पाउनेछन्। मेलामा वलङघन युनिभर्सिटी, अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी,  ब्लू माउन्टेन होटल स्कुल, मेलबर्न इन्टिच्यूट अफ टेक्नोलोजी, चाल्र्स स्टर्ट युनिभर्सिटी, युनिभर्सिटी अफ ताजमानिया, साउथेन क्रस युनिभर्सिटीलगायतका शैक्षिक संस्था रहनेछन् । मेलामा उपस्थित हुने विद्यार्थीलाई द नेक्स्टले प्रदान गर्ने आईएलटिएस अध्ययनलगायतका सेवामा छुट दिइने द नेक्स्टले जनाएको छ।

प्रकाशित: १६ श्रावण २०७५ ११:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App