२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आज पहाडी भू–भागमा आंशिक बदली, अन्य भू–भागमा मौसम सफा रहने

आज देशको गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशमा मौसम बदली रहने छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम साधारणतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। लुम्बिनी  प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका तराईका केही स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै आज राति कोशी  प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशको बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ।

यस्तो छ आगामी २ दिनको मौसम सम्बन्धी जानकारीः

२०८१ वैशाख १७ गते (सोमवार)

दिउँसोः  देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका तराईका केही स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ।

रातिः देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको  सम्भावना रहेको छ। साथै कोशी प्रदेशका तराईका केही स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ।

२०८१ वैशाख १८ गते (मङ्गलवार)

दिउँसोः देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। देशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका तराईका केही स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ।

रातिः देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: १६ वैशाख २०८१ ०६:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App