१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

काठमाडौंबाट स्याङजाको वालिङ जाँदै गरेको बस त्रिशुलीमा खस्यो, ५ को मृत्यु (अपडेट)

काठमाडौं – काठमाडौंबाट स्याङजाको वालिङ जाँदै गरेको बस त्रिशुलीमा खस्दा ५ को मृत्यु भएको छ। दुर्घटनामा परि ३ पुरुष र २ महिलाको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनले बस चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकबाट एक सय मिटर तल खसेको जानकारी दिएकोे छ। बस र ट्रक एकआपसमा ठोकिँदा बस नदीमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले बताए। 

ना ६ ख २५०६ नम्बरको यात्रुबहाक बस र ना ५ प ७४०९ नम्बरको ट्रक एक आपसमा ठोक्किदा बस एक सय मिटर तल खसेको थियो।

दुर्घटना परेर घाइते भएका १७ जनालाई उद्धार गरि उपचारका लागि भरतपुर तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिए। अझै केही यात्रु बसभित्र नै रहेकाले बसका यात्रुको उद्धार कार्य चलिरहेको उनले जानकारी दिए।

प्रकाशित: ११ श्रावण २०७५ ०८:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App