१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

घाइते प्रहरीको अवस्था गम्भीर तर खतरामुक्त

जुम्ला– २० दिनदेखि अनशनरत डा. गोविन्द केसीको अनशनस्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको झडपमा चलाइएकाे गोली लागि एक प्रहरी गम्भीर घाइते भएका छन्।

प्रहरी सहायक निरीक्षक वीर बहादुर भण्डारीले जानकारी दिए अनुसार घाइते भएका प्रहरी जवान कमल उपाध्यायको अवस्था खतरामुक्त छ। अहिले उनको जुम्ला अस्पतालमा शल्यक्रिया भइरहेको छ। उनको छातीमा गोली लागेको छ।

मृत्युको समाचार कसरी आयो?

यसअघि जुम्लामा प्रदर्शन चर्किदा प्रहरी नायव उपरीक्षक तपन कुमार दाहालले भिडलाई तितरवितर गर्ने ध्येयले भनेका थिए: 'मेरो साथी गइसक्यो। तपाईहरु पछि हट्नुहोस् जे पनि हुनसक्छ।' दाहालको यहि भनाईलाई आधार मान्दै समाचार प्रवाह भयो। गोली लागेका व्यक्तिको हताहती सम्बन्धी समाचार प्रवाह भयो जतिवेला ती जवानलाई अस्पताल लगिदै थियाे।

(यसअघिको समाचारमा अन्यथा पर्न गएकोले सच्याइएको छ।सं.)

 

 

 

प्रकाशित: ३ श्रावण २०७५ ०९:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App