१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

गंगामाया आइसियूमै

काठमाडौं – ३८ दिनदेखि आमरण अनशनरत गोर्खा फुजेलकी गंगामाया अधिकारीको बिहीबार पनि वीर अस्पतालको सघन कक्षमै उपचार भइरहेको छ। उनको स्वास्थ्यअवस्था स्थिर रहेको अस्पतालले जनाएको छ । गंगामायालाई ज्वरो आउन छोडेको, रक्तचाप सामान्य अवस्थामा फर्केको, पिसाब नियमित भइरहेको र अक्सिजनको मात्रा सामान्य रहेको अस्पतालले जनाएको छ। ‘ज्वरो आएको छैन, पिसाब पनि राम्रो भइरहेको छ,’ उनको उपचारमा संलग्न डा. मिनन गोर्खालीले भने।

ज्वरो आउन छोड्नु संक्रमण नियन्त्रणमा आउँदै गरेको संकेत भएको डा. गोर्खालीले बताए। स्वास्थ्य स्थिति अत्यन्त कमजोर भएकाले भने जोखिम हटिनसकेको उनले जानकारी दिए। ‘जुनसुकै बेला बल्झिन सक्छ, फेरि संक्रमण नहोस् भनी कसैलाई भेट्न दिएका छैनौं’, उनले भने। गंगामायालाई भेट्न पुगेका कसैलाई उनको उपचार भइरहेको कक्षमा पस्न दिइएको छैन। उनको हेरचाहमा खटिएकी नर्स मुना केसीका अनुसार गंगामाया एकदुई कुरामात्र बोल्न सक्छिन्। पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले बिहीबार नै गंगामायालाई भेटेर र केही कुराकानी गरेर फर्केकी थिइन्।

प्रकाशित: २२ असार २०७५ ०३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App