१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कटैनी खोलामा डुबेर कैलालीमा दुई बालकको मृत्यु

फाइल फाेटाे

कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–११, शिवपुरमा रहेको कटैनी खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय हर्क भुलका ८ वर्षीय छोरा सचिन भुल र बाधुराम चौधरीका १२  वर्षीय छोरा अमन चौधरी रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए । मंगलबार साँझ पौने सात बजेतिर उनीहरु कटैनी खोलामा नुहाउन गएका थिए।

स्थानीयले उद्धार गरी सचिनलाई सुखडस्थित घोडाघोडी अस्पताल र अमनलाई धनगढीस्थित सेती अञ्चल अस्पताल पुर्‍याए पनि दुवै जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ।

प्रकाशित: २० असार २०७५ ०३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App